• १० साउन २०८२, शनिबार

राष्ट्रपति पौडेलद्वारा गुरुङको निधनप्रति दुःख व्यक्त

blog

राष्ट्रपति रामचन्द्र पौडेल । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौँ, साउन १० गते । राष्ट्रपति रामचन्द्र पौडेलले गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली प्रकट गर्नुभएको छ । पौडेलले शोक सन्देश जारी गर्दै लोकतान्त्रिक योद्धा स्वर्गीय गुरुङ्गले लोकतन्त्र स्थापना र पुनर्स्थापनामा गर्नुभएको महत्त्वपूर्ण योगदान स्मरणीय रहने उल्लेख गर्नुभएको छ । 

राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसार गुरुङको आज बिहान ८ बजे आफ्नै निवासमा निधन भएको छ । साथै, राष्ट्रपति पौडेलले २०४६ सालको जनआन्देलनका बेला गुरुङले चितवनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण पनि गर्नुभएको  छ । राष्ट्रपति पौडेलले शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको सचिवालयले जनाएको छ । चितवन नेपाली कांग्रेसका पूर्वसभापति समेत रहेका गुरुङ विसं २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुख नियुक्त हुनुभएको थियो ।