राज्यले पर्यावरणीय रूपमा उपायोगी स्थानीय सामग्री उपभोग तथा प्रवर्धन गर्नुपर्ने माग राख्दै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख (मेयर) तीर्थराज भट्टराईले आइतबारदेखि राजधानीको माइतीघर मण्डलामा भोक हडताल सुरु गर्नुभएको छ ।
शान्ति सुरक्षा जुनसुकै प्रकारको अपराध, घटना वा दुर्घटनाबारे प्रहरीले छिटो सूचना पाउने ‘हटलाइन नम्बर १००’ मा हिजोआज प्रहरीविरुद्धकै उजुरी बढ्न थालेका छन् ।
हवाई सुरक्षा, सहज यात्रा र उडान सुनिश्चितताका हिसाबले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रुको चाप धान्न नसक्ने अवस्थामा पुगेको छ । वार्षिक ८० लाख यात्रु ओहोरदोहोर गर्न सक्ने क्षमताको यस विमानस्थलमा सन् २०२५ को ६ महिनामै हवाई सेवा लिने यात्रुको सङ्ख्या ४६ लाख नाघेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–तराई मधेस द्रुतमार्ग सडक आयोजनाको खोकना इलाकाको निर्माणका लागि देखिएका समस्या समाधानका लागि आज सम्बन्धित मन्त्रीसहित उच्चाधिकारीसँग ब्रिफिङ लिइ समाधानका लागि पहल गर्नुभएको छ ।
ताप्लेजुङको ऐतिहासिक आदिवासी थातथलो मुकुम्लुङ संरक्षणबारेमा पहिचानवादी अभियन्ताविच छलफल भएको छ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिको कार्यालयमा आज भएको छलफलमा आदिवासीको पहिचानसँग जोडिएको सो क्षेत्रको संरक्षणमा राज्य चिन्तित हुनुपर्ने अभियन्ताहरुको सुझाव छ ।
पवित्र तीर्थ गोसाईकुण्ड तालमा आइतबार दिउँसो स्नान गर्न गएका दुई जना युवक बेपत्ता भएका छन्। गोसाईकुण्ड गाउँपालिका –५ स्थित तालमा करिब साँझ ४ बजेतिर कुण्डमा स्नान गर्ने क्रममा डुबेर बेपत्ता भएका हुन् ।
गुल्मीमा चितुवाको आतङक बढ्दै गएको छ । धुर्कोट गाउँपालिका ४ जैसिथोकमा दिनदाहडै चितुवाले चार बाख्रा मारेको छ । जैसिथोक गोपेकी तिलकुमारी खत्री गौतम र दुर्गा खत्री गौतमका चार बाख्रा चितुवाले मारेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गगाबहादुर सारुले जानकारी दिनुभयो ।
दैलेखमा एक पुरुषको बेवारिसे शव फेला परेको छ । दुल्लू नगरपालिका –११ कयलकुनास्थित छामघाट खोला किनारमा पुरुषको बेवारिसे शव फेला परेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले देशको समृद्धिका लागि पहिलो निर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको परिकल्पना नै मार्गदर्शक रहेको स्पष्ट पार्नुभएको छ ।
सुनसरीको गढी गाउँपालिका–३ रामसीता चोकमा आइतबार धान रोप्दै रोपाहार । हालसम्म पर्याप्त वर्षा नहुँदा यतिबेला सिंचाईको वैकल्पिक गरेर किसानले धान रोपिरहेका छन् ।
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचमा शक्ति सन्तुलन भएमा मात्र लोकतन्त्र फस्टाउन सक्ने बताउनुभएको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सन्तोष पाण्डेलाई मन्त्री नियुक्त गर्नुभएको छ।
मधेश प्रदेशलाई विपद् सङ्कट ग्रस्त क्षेत्र घोषणा गरी सरकारले राहत र सहयोगका लागि आह्वान गरेपछि बेलायतको एक संस्थाले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले कर्मचारीबिचको विभेद अन्त्य गर्ने बताउनुभएको छ। विभेद अन्त्य गर्न र प्रशासनमा देखिएका समस्या समाधान गर्न सङ्घीय निजामती ऐन जारी गर्न सरकारले प्राथमिकता दिएको बताउनुभयो।
बैतडीका दुईसहित सुदूरपश्चिमका १३ क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस बनाउन माग गरिएको छ।