यामराज बिष्ट
पञ्चकोशी (दैलेख), साउन ११ गते । दैलेखमा एक पुरुषको बेवारिसे शव फेला परेको छ । दुल्लू नगरपालिका –११ कयलकुनास्थित छामघाट खोला किनारमा पुरुषको बेवारिसे शव फेला परेको हो ।
पोस्टमार्टमका लागि जिल्ला अस्पताल दैलेखमा ल्याएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेशबहादुर बरालले जानकारी दिनुभयो । नाम र ठेगाना नखुलेको अन्दाजी ४० वर्षको देखिने पुरुषको बेवारिसे शव फेला परेकोे उहाँले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।