• २ जेठ २०८३, शनिबार

न्युरोडमा बृहत् वडा महोत्सव (फोटो फिचर)

blog

शनिबार आयोजना गरको बृहत् वडा महोत्सवमा धिमे बाजा प्रतियोगितामा आफ्नो प्रस्तुति राख्दै कलाकार । तस्बिर : मनोन रत्न शाही ।

काठमाडौँ, जेठ २ गते । काडमाडौँको न्युरोडमा शनिबार बृहत् वडा महोत्सव आयोजना भइरहेको छ । काडमाडौँ महानगरको वडा नं २२ का वडाध्यक्ष चिनीकाजी महर्जनका अनुसार वडा क्षेत्र अन्तर्गतका ऐतिहासिक सामाजिक, व्यावसायिक, सांस्कृतिक, धार्मिकलगायत विविध क्षेत्रको सम्पदा एवम् जीवन्त पक्षलाई समेटेर  आज यो महोत्सव सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

अहिले प्यूखा टोलमा धिमे बाजा प्रतियोगिता, पुरानो भन्सारमा वाकाथोनसहित सांस्कृतिक कार्यक्रम तथा खिचापोखरी सडमा विभिन्न गायक गायिकाको लाइभ प्रस्तुति, नयाँ सडकमा स्टल तथा खानाका परिकारको स्टल राखिएको छ । 

स्थानीय कलाकारको विविध सांस्कृतिक बाजा, नृत्य, गीत प्रस्तुति, १५० भन्दा बढी हस्तकला, घरेलु उत्पादन, रेडिमेड पोशाक, जुत्ता, ब्याग, मोबाइल, इलेक्ट्रिक सामानका स्टल, ५० भन्दा बढी परम्परागत तथा अन्य खानाको प्रदर्शनी, विविध भाषा साहित्य महोत्सव तथा सम्मान कार्यक्रम, ऐतिहासिक तस्बिर तथा चित्र प्रदर्शनी, बाल मनोरञ्जन, ६ स्थानमा रक्तदान लगायतका कार्यक्रम भइरहेको छ । 

साँझ ५ बजे पछि दीपक बज्राचार्य एण्ड रिदम् ब्यान्ड तथा कुटुम्बको लाइभ प्रस्तुति पनि रहेको जानकारी दिनुभयो । महानगर वडा नं‍. २२ का विभिन्न स्थान नयाँसडक, प्युखा, वटु, सुन्धारा, टेबहाल, धर्मपथ, खिचापोखरी लगायतका स्थानमा विभिन्न कार्यक्रम सञ्चालन हुने छ । 

भिडियो/तस्बिर: मनोन रत्न शाही/केशब गुरुङ ।