• २ जेठ २०८३, शनिबार

योग प्रति युवाको आकर्षण बढ्दो

blog

स्याङ्जामा भएको गण्डकी प्रदेशस्तरीय बृहत् योग विज्ञान शिविरमा सहभागी योगाभ्यास गर्दै । तस्बिर: राधाकृष्ण डुम्रे ।

राधाकृष्ण डुम्रे

वालिङ (स्याङ्जा),जेठ २ गते । पछिल्लो समय योग प्रति युवाको आकर्षण बढेको छ ।

स्याङ्जाको वालिङमा सञ्चालन भएको योग शिविरमा युवाको बाक्लो सहभागिता रहेको हो ।एक साता सम्म सञ्चालन भएको शिविरका सहभागी मध्ये अधिकांश युवा थिए ।

पतञ्जली योग समिति तथा महिला पतञ्जली योग समिति नेपालको संयोजन र वालिङ नगरपालिकाको आयोजनामा गण्डकी प्रदेशस्तरीय बृहत् निःशुल्क योग विज्ञान शिविर सञ्चालन गरिएको हो ।

शिविरमा सहभागी वालिङ नगरपालिका–८ का युवा योगराज बगालेले पहिलो पटक सहभागी हुँदा फरक महसुस भएको बताउनुभयो ।

बगाले मात्रै होइन शिविरमा सहभागी युवाहरू योग र भजनको आनन्द लिएका हुन् ।

गण्डकी प्रदेशस्तरीय बृहत् निःशुल्क योग विज्ञान शिविर तथा योग सात दिने आवासीय सहयोग शिक्षक प्रशिक्षणमा विभिन्न जिल्लाबाट सहभागिता रहेको पतञ्जली योगसमिति स्याङ्जाका महिला प्रभारी कविता भुसालले जानकारी दिनुभयो । 

उहाँका अनुसार शिविरमा झण्डै पाँच सय जनाको सहभागिता रहेको थियो ।शिविरमा महिला पतञ्जली योग समितिका नेपाल अध्यक्ष साध्वी देवादितिले योगाभ्यास तथा प्रशिक्षण दिनुभएको थियो । 

योग शिविर समापनका अवसरमा जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटी,वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी, पतञ्जली योगपीठका जिल्ला अध्यक्ष नारायणप्रसाद तिवारी, मैयादेवी लम्साल, ईन्द्रा अधिकारी लगायतले योग र मानव जीवनमा यसले पार्ने प्रभावका बारेमा भनाइ राख्नु भएको थियो । वैशाख २७ गतेबाट सुरु भएको शिविर शनिबार सकिएको हो ।