मौद्रिक नीति मुद्रा व्यवस्थापनसँग सम्बन्धित हुन्छ । केन्द्रीय बैङ्कले जारी गर्छ ।
पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नानको क्रममा आइतबार दुई जना तीर्थालु बेपत्ता भएका छन् । जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीका अनुसार बेपत्ता हुनेमा मोरङ जिल्ला विराटनगरका करिव २८ वर्षीय सुजन ढकाल र मोरङ बेलवारीका मनोज न्यौपाने रहेका छन् ।
नेकपा (एमाले) का संस्थापक महासचिव जननेता मदनकुमार भण्डारीको ७४ औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) को सक्रिय राजनीतिमा पुनरागमनको घोषणा गर्नुभएपछि देशमा गम्भी
गत मगलबार रुकुमपश्चिमको आठबिसकोट नगरपालिका –१४ पिपलचौरमा भएको टिप्पर दुर्घटनामा परी ठूलीभेरी नदिमा बेपत्ता भएका तीन जनाकै शव फेला परेको छ ।
पश्चिम म्याग्दीको मालिका गाउँपालिका ३ मा डाँडागाउँको बोक्रे खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना मार्फत दुई सय २५ घर स्कुल र स्वास्थ्य चौकी गरी दुई सय ३० धारा निर्माण गरिएको छ ।
राजस्वमा वृद्धि गर्न नेपालमा सरकारले हरेक वर्षको बजेटमा गर्ने वाचा हो, करको दायरा विस्तार गर्ने ।
पर्यटनसँगै चलचित्रको राजधानी मानिने पोखरामा गुरुङ चलचित्रको इतिहास छ । गुरुङ चलचित्रको क्षेत्र फराकिलो मात्र नभएर गुणस्तरीयसमेत बनेको छ । झन्डै २७ वर्षको अवधिमा गुरुङ चलचित्रले उल्लेख्य प्रगति पनि गरेको छ ।
संस्कृतिविद् तथा साहित्यकार तेजेश्वरबाबु ग्वंगःलाई ‘बद्रीविक्रम राष्ट्रगौरव पुरस्कार–२०८२’ र कलाकार उर्मिला उपाध्याय गर्गलाई ‘सेवा पुरस्कार नेपाल–२०८२’ प्रदान गरिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको सामाजिक सुरक्षा कोष र नेपाल बार एसोसिएशनबिच औपचारिक सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ। आइतबार साँझ एक कार्यक्रमबिच कोष र बारबिच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक अवस्था सुधारका लागि सरकार प्रतिबद्ध भएर काम गरिरहेको बताउनुभएको छ ।
नेपाल उद्योग परिसङ्घले क्षेत्रगत रूपमा काम गर्ने गरी विभिन्न १९ वटा समिति, काउन्सिल, फोरम गठन गरेको छ ।
एनआइसी एसिया बैङ्कका ग्राहकले हेयर एन्ड शान्ति युनिसेक्स सैलुनमा सेवा लिँदा विशेष छुट पाउने भएका छन् । दुई संस्थाबिच विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता भएको छ ।
बागलुङमा हालसम्म ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र बागलुङले आइतबारसम्म बागलुङमा ९५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको जनाएको हो ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा काठमाडौँ उपत्यकासहित आसपासका भूभागमा वर्षा भएको छ । साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपियाँ १३ पैसा र बिक्रीदर १३८ रुपियाँ ७३ पैसा कायम भएको छ ।