टोपलाल अर्याल
रेसुङा, साउन ११ गते । गुल्मीमा चितुवाको आतङक बढ्दै गएको छ । धुर्कोट गाउँपालिका ४ जैसिथोकमा दिनदाहडै चितुवाले चार बाख्रा मारेको छ । जैसिथोक गोपेकी तिलकुमारी खत्री गौतम र दुर्गा खत्री गौतमका चार बाख्रा चितुवाले मारेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गगाबहादुर सारुले जानकारी दिनुभयो ।
दिउँसो ३ बजेतिर देउराली सामुदायिक वन जङगलमा बाख्रा चराउन गएको अबस्थामा चितुवाले बाख्रा मारेको प्रहरीले जनाएको छ । केहिदिन अघि रेसुङा नगरपालिका ९ को उपल्लो तम्घासमा एकै बाटो भएर तीन चितुवा हिडेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि हिडडुल गर्न समेत जोखिम भएको छ । इस्मा, रुरु, मदाने, मालिकालगायतका स्थानीय तहका विभिन्न ठाउँमा चितुवाले पशुचौपायामाथि आक्रमण गरिरहेको छ ।