• २ जेठ २०८३, शनिबार

लुम्बिनीमा एक मन्त्री थपिए

blog

नवनियुक्त युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डे।

सन्तोष दहित

दाङ, साउन ११ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले  लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सन्तोष पाण्डेलाई मन्त्री नियुक्त गर्नुभएको छ। आचार्यले पाण्डेलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गर्नुभएको हो।  

नव नियुक्त मन्त्री पाण्डेको पद तथा गोपनीयताको शपथ   सोमबार दिउँसो ३ बजे हुने  तय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। 

पाण्डे मन्त्री बनेसँगै अब लुम्बिनीको मन्त्रिपरिषद् १२ सदस्यीय बनेको छ। मन्त्रिमण्डलमा मुख्यमन्त्रीसहित पाँच जना एमालेबाट, पाँच जना कांग्रेस र जसपाबाट एकजना मन्त्री रहेका छन्।

नवनियुक्त मन्त्री पाण्डे लोसपा संसदीय दलका नेता हुनुहुन्छ। लुम्बिनीमा लोसपाको तीन सांसद रहेका छन्।