काठमाडौँ, साउन ११ गते । टुसाल मल्टि भेन्युको आयोजनामा चौथो विद्यालयस्तरीय पौडी प्रतियोगिता शनिबार हुने भएको छ ।
प्रतियोगितामा विभिन्न २९ स्पर्धामा एक सय ५० खेलाडीको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजक मल्टि भेन्युका अपरेसन प्रबन्धक विशाल खड्काले जानकारी दिनुभयो ।
विगतका संस्करण सिनियर/जुनियरमा प्रतिस्पर्धा भएकोमा यो संस्करणदेखि विभिन्न उमेर समूहमा खेल हुनेछ । प्रतियोगितालाई नेपाल पौडी सङ्घको प्राविधक सहयोग तथा तार्केश्वर नगरपालिकाको सहयोग रहनेछ ।
विद्यालय स्तरबाटै खेलाडीलाई प्रतिस्पर्धात्मक वातावरणमा सहभागी गराइ खेलाडीको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिन लागिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा खेलाडीले हासिल गरेको पदकलाई निश्चित अङ्क प्रदान गरी शीर्ष तीन स्थानमा रहने टिमलाई पुरस्कृत गरिने छ । शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई पनि पुरस्कार प्रदान गरिनेछ ।