नेपालली टोली भुटानामा भदौ २३ देखि २८ गतेसम्म आयोजना हुने एएफसी महिला यु–२० एसियन कप छनोटको अन्तिम तयारीमा व्यस्त छ ।
रुसी वैज्ञानिकहरूले मस्तिष्कमा रगत प्रवाहको प्रतिकृति बनाउने माइक्रोफ्लुइडिक प्लेटफर्म बनाएका छन् ।
उत्तर कोरियाका नेता किम जोङ उनकी शक्तिशाली बहिनीले सोमबार कोरियाको दक्षिणसँग संवाद अगाडि बढाउने कुनै चासो नभएको भन्दै सम्बन्ध सुधार्ने वाचा गर्नुभएका सियोलका नयाँ राष्ट्रपतिलाई खारेज गर्नुभएको छ ।
गरिबको सुनौलो भविष्यका लागि सप्तरीको खडक नगरपालिकाले पालिकाको ३ हजार ७ सय परिवारलाई गरिब परिवारका लागि राज्य सुविधा परिचयपत्र वितरण गरेको छ ।
अन्तर विद्यालय उमेर समूह पौडी प्रतियोगितामा जेम्स स्कुल च्याम्पियन बनेको छ । जेम्सले कूल आठ सय ४१ फिना अङ्कसहित पहिलो स्थान हात पारेको हो ।
संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घ (इयु) आइतबार एक व्यापार सम्झौता गरेका छन् ।
मधेशको मिथिला क्षेत्रमा अहिले झुला महोत्सवको माहोल छ । साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म चल्ने पर्व आइतबार साँझ सुरु भएको हो ।
सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा विमल पौडेल नियुक्त हुनुभएको छ । न्याय सेवा आयोगको आज बसेको बैठकले पौडेललाई मुख्य रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको न्याय परिषद्का प्रवक्ता डा अशोककुमार क्षेत्रीले जानकारी दिनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न चाहेको स्पष्ट गर्नुभएको छ।
मधेश प्रदेशमा सुख्खा खडेरीको कारण खानेपानीको समस्या विकराल रुप लिइरहेको समयमा लहान–१ र २ नम्बर वडामा रहेका सदाय बस्तीमा धारा जडानले निकै राहत भएको छ ।
स्याङ्जाको वालिङ नगरपालिका–१ का टंकप्रसाद ढुङ्गानाले व्यावसायिक रुपमा ड्रागन खेती गर्दै आउनुभएको छ ।
राप्ती नदीको तिब्र कटानका कारण गाउँ नै डुबानमा पर्ने जोखिम भएका बाँकेको राप्ती सोनारी गाउँपालिका ७ खल्ला झगडिया आसपासको क्षेत्रमा स्थायी तटबन्ध निर्माण हुने भएको छ ।
रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका वडा नं. ५ स्थित प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा डुबेका दुई तीर्थालुको शव निकालिएको छ ।
सिराहा जिल्लाको गोलबजार नगरपालिका–१०, मुसहर्नियाका करिब २५ वर्षीय श्यामकुमार सदाले आफ्नै सहोदर दाजु ३५ वर्षीय मोतीराम सदाको धारिलो हतियार प्रयोग गरी गत बिहीबार साँझ हत्या गरेका थिए ।
नेपालको चर्चित डिजिटल प्लेटफर्म ‘हाम्रो पात्रो’ले अस्ट्रेलियामा रेमिट्यान्स सेवा सञ्चालन गर्न आवश्यक पर्ने आधिकारिक अनुमति प्राप्त गरेको छ।