नेपालमा यस वर्ष ३१ औं विश्व आदिवासी दिवस भव्य र समावेशी ढंगले मनाइने भएको छ । पहिलो पटक आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान (नेफ्डिन), फूड एण्ड एग्रिकल्चर अर्गनाइजेसन (एफएओ) र युनेस्को नेपालको संयुक्त सहकार्यमा दिवस बृहत रूपमा मनाउने तयारी गरिएको हो ।
कपिलवस्तुका सात पालिकाले भोलि (मङ्गलवार) नाग पञ्चमीको अवसरमा स्थानीय बिदा दिइएको छ । जिल्लाको कपिलवस्तु, कृष्णनगर, बाणगंगा, महाराजगंज नगरपालिका, मायादेवी, यशोधरा र शुद्धोधन गाउँपालिकाले स्थानीय बिदा दिइएका हुन् ।
थाइल्याण्डको राजधानी बैंककस्थित एक खाद्य बजारमा सोमबार दिउँसो भएको सामूहिक गोलीकाण्डमा पाँच सुरक्षाकर्मीको ज्यान गएको छ भने तीन जना अन्य घाइते भएका छन् ।
उद्योग तथा वाणिज्य कार्यालय चितवनमा दर्ता भएका ३८३ वटा उद्योग एक वर्षमा बन्द भएका छन् । कार्यालयका सूचना अधिकारी शक्तिमान कुमालका अनुसार बन्द भएका उद्योगमा सबैभन्दा बढी कृषिमूलक उद्योग छन् । ती उद्योग १९९ वटा बन्द भएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार युरोपेली सङ्घका सबै मुलुकमाथि १५ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक उपाय अपनाएर भए पनि काठमाडौँ–तराई-मधेश द्रूतमार्गलाई सम्पन्न गर्नुपर्ने बताउनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले भोकमरीलाई युद्धको हतियारका रुपमा अस्वीकार गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गर्नुभएको छ ।
एसियाली विकास बैँक (एडिबी) ले बङ्गलादेशको अर्थतन्त्रमा अमेरिकाबाट लगाइने नयाँ भन्सार शुल्कका कारण गम्भीर असर पर्न सक्ने चेतावनी दिएको छ ।
युरोपको मुख्य कार निर्माता समूहले सोमबार इयू-अमेरिका व्यापार सम्झौताको स्वागत गरेको छ । सम्झौता अन्तर्गत युरोपेली अटो निर्यातमा १५ प्रतिशत कर लागु हुनेछ ।
संयुक्त राष्ट्रसङ्घले इरानलाई मृत्युदण्डको प्रयोग नगर्न आग्रह गरेको छ । इरानमा यस वर्ष अहिलेसम्म कम्तीमा ६१२ जनाको मृत्युदण्डको सजाय भइसकेको छ ।
संसदमा छलफलमा रहेको मिडिया काउन्सिल विधेयक २०८२ माथि संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले पत्रकार सम्बद्ध सङ्घसंस्थाका नेतृत्वहरूसँग परामर्श गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले वीर अस्पताल सुधार भए समग्र स्वास्थ्य सेवा क्षेत्रको सुधार गर्न सकिने बताउनुभएको छ । आज वीर अस्पतालको १३६ औँ वार्षिकोत्सव समारोहमा उहाँले उक्त अस्पताललाई सुधार्न राज्यले सबै सुधारका प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले साउन १५ गते विश्वासको मत लिनु हुने भएको छ । साउन १५ गते (बिहीबार) दिनको ५ बजे बस्ने प्रदेश सभा बैठकमा उहाँले विश्वासको मत लिनु हुने मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिनुभयो ।
१०औँ एसियाली जुनियर, क्याडेट तथा पारा तेक्वान्दो च्याम्पियनसिप (जि ४) मा सहभागी हुन पाँच खेलाडीसहित सात सदस्यीय नेपाली टोली मङ्गलबार मलेसियाको सरावक जाने भएको छ ।
करदाता सेवा कार्यालय सल्यानले एक वर्षको अवधिमा ५० करोड ७५ लाख १८ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्ष भन्दा ६.४० प्रतिशत बढी राजस्व सङ्कलन भएको कार्यालयले जनाएको हो ।