• १३ साउन २०८२, मङ्गलबार

‘युरोपियन अटो ग्रुप’ द्वारा अमेरिका र इयूबिचको सम्झौताको स्वागत

blog

पेरिस, साउन १२ गते । युरोपको मुख्य कार निर्माता समूहले सोमबार इयू-अमेरिका व्यापार सम्झौताको स्वागत गरेको छ । सम्झौता अन्तर्गत युरोपेली अटो निर्यातमा १५ प्रतिशत कर लागु हुने छ ।

‘युरोपियन अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन (एसिइए)’ ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो सम्झौताले हालैका महिनाहरूमा ट्रान्सएटलान्टिक व्यापार सम्बन्धको बारेमा तीव्र अनिश्चिततालाई कम गर्ने दिशामा एक महत्त्वपूर्ण कदम चालेको छ र एसिईए सिद्धान्ततः यस सम्झौताको विकासको स्वागत गर्दछ । “तैपनि, अमेरिकाले अटोमोबाइल्स र अटोमोटिभ पाट्र्समा उच्च करवेद्धि कायम राख्नेछ, र यसले इयूमा मात्र होइन अमेरिकामा पनि उद्योगमा नकारात्मक प्रभाव पार्ने छ,” एसिइएले भनेको छ । रासस/एएफपी