चितवन र नवलपुर जोड्ने नारायणी नदीको पुलबाट हाम फालेर एक युवा बेपत्ता भएका छन् । मङ्गलबार बिहान ६ः०५ बजे नारायणीको पुलबाट हाम फालेर युवा बेपत्ता भएको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो ।
पृथ्वीराजमार्गमाको डुम्रे–आँबुखैरेनी खण्डको अवरोध हटेको छ । बन्दीपुर गाउँपालिका–४ विमलनगर, चुनपहरामा खसेको पहिरो हटाएपछि एकतर्फी सूचारु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।
मानव जीवनको उदय प्रकृतिको सिर्जनाबाट भएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित गुरुङ भाषा
ताप्लेजुङमा सम्बन्धविच्छेद गर्ने बढेका छन् । ताप्लेजुङ जिल्ला अदालतका अनुसार पछिल्लो समय सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दै गएका हुन् । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये झण्डै आधा सम्बन्धविच्छेदसँग सम्बन्धित मुद्दा रहेका छन् ।
नेपाली जनताले समृद्धिको आकाङ्क्षा राखेको लामो समय बितिसकेको छ ।
विविधतायुक्त नेपाली समाज र संस्कृतिले हरेक रीतिरिवाज, चाडपर्व, धर्म, संस्कृति एवं परम्परालाई मात्र मान्यता दिएको छैन, मानव संस्कृतिबाहेक जीवजन्तु, पशुपन्छीको पूजाअर्चनाको परम्परालाई समेत विशिष्ट महत्व दिएको छ । यस्ता जीवजन्तुको पूजाआजाका पछाडि धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा सामाजिक महìव रहिआएको छ, जस
हिमाली जिल्ला मनाङ जोड्ने एकमात्र बेसीशहर–चामे सडक पहिरोका कारण अवरुद्ध भएको छ । सडकखण्डअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ स्थित हावाडाँडामा सोमबार राति माथिबाट पहिरो खसेर सडक पूर्णरुपमा अवरुद्ध भएको वडाअध्यक्ष बलबहादुर गुरूङले जानकारी दिनुभयो ।
मुस्ताङ बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागखोलामा पानीको बाहब बढेपछिउपल्लो मुस्ताङ जोड्ने कागबेनी–कोरला सडकमार्ग अवरुद्ध भएको छ ।
पाल्पाका साहित्यकार जयदेव गौतमद्वारा लिखित समीक्षात्मक पुस्तक ‘किताबको अँगालोमा’ को बुटवलमा परिचर्चा गरिएको छ ।
नेपालगन्जमा अत्याधुनिक सुविधासम्पन्न सिनेमा थिएटर निर्माण भएपछि दर्शक फेरि एक पटक सिनेमा हलतर्फ आकर्षित भएका छन् । केही वर्षअघि सञ्चालनमा रहेका पुराना सिनेमा हलमा दर्शक जान छाडेपछि ती सिनेमा हल बन्द गरिएका थिए । नयाँ प्रविधिका साथ अत्याधुनिक चलचित्र भवन निर्माण गरिएपछि फेरि दर्शक सिनेमा हलतर्फ ओइरिएका हुन् ।
तराई र पहाडको सङ्गमस्थल बोप्ताङडाँडा पछिल्लो समय पर्यटकको गन्तव्य बनेको छ । उदयपुर जिल्लाको बेलका नगरपालिका–८ मा पर्ने बोप्ताङडाँडाबाट देखिने सप्तकोशी नदीको मनोरम दृश्य, कोशीटप्पु वन्यजन्तु आरक्षलगायत प्राकृतिक सौन्दर्य निहार्ने पर्यटकको गन्तव्य बन्दै गएको हो ।
सरकारले अनुदान रकम कटौती गरेपछि उखु किसान आन्दोलनको तयारीमा जुटेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा उखुको अनुदानका लागि सरकारले आवश्यक बजेट विनियोजन गरेको छैन । २०६६ सालदेखि निरन्तर प्राप्त गर्दै आइरहेको अनुदान रकम कटौती हुँदा उखु किसान आन्दोलनको तयारीमा जुटेका हुन् ।
निर्यात व्यापारमार्फत वदेशी मुद्रा आर्जनमा एक हिस्सा ओगटेको नेपाली अलैँचीले यतिबेला निकै उत्साह थपेको छ । पहाडी जिल्लाका किसानका लागि आम्दानीको मुख्य स्रोत बन्न थालेको अलैँचीलाई किसानले पछिल्लो समय निकै महत्व दिन थालेका छन् ।
काठमाडौँ कलङ्की बस्ने विन्दु अधिकारीले एक महिनाअघि भेराइटी क्लोथ नामको पेजबाट साउनका लागि एक जोर कुर्तासुरुवाल सेट मगाउनुभयो । उहाँलाई मन परेको उक्त सेटको मूल्य ९९९ रुपियाँ थियो ।