हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), साउन १३ गते । मुस्ताङ बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागखोलामा पानीको बाहब बढेपछिउपल्लो मुस्ताङ जोड्ने कागबेनी–कोरला सडकमार्ग अवरुद्ध भएको छ । गए रातिदेखि कागखोला उर्लिएपछि बेनी–जोमसोम–कोरोला सडकखण्डअन्तर्गत बारागुङ मुक्तिक्षेत्र–३ छुसाङ हुँदै उपल्लो मुस्ताङको लो– घेकरदामोदरकुण्ड र लोमान्थाङ गाउँपालिका जाने सवारीसाधन रोकिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) छिरिङ किप्पा लामाले बताउनुभयो ।
प्रनाउ लामाले भन्नुभयो, ‘‘जेसिबी ल्याएर बाटो मर्मतको काम भइरहेको छ, वर्षातको समयमा यात्रा गर्दा सावधानी अपनाउन समेत यात्रुलाई अनुरोध गरेका छौ ।’’ उपल्लो मुस्ताङ जोड्ने वैकल्पिक सडकहरू समेत जोखिमपूर्ण र कालिगण्डकीको बाहब बढेकाले कागबेनी हुँदै जाने नियमित सडकखण्डमा बिहानैदेखि सवारीसाधन रोकिएको छ ।
बर्खातको समयमा छुसाङस्थित ताङ्वे खोला र मुस्ताङ गेटमा समेत बाढीपहिरोले पटकपटक सडक अवरुद्ध भएको छ । यो क्षेत्र उपल्लो मुस्ताङको प्रवेशद्वार मानिन्छ । बर्षासँगै थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका हुँदै राष्ट्रि«य राजमार्गमा जाने यात्रुलाई रातको समयमा आवतजावत नगर्न जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सुचना नै जारी गरेको छ । पछिल्ला बर्षमा मुस्ताङमा समेत नियमित बर्षा हुन थालेपछि उपल्लो मुस्ताङको लो– घेकरदामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका बासिन्दाले समेत बाढीपहिरोको सामाना गर्नुपरेको छ ।