उत्तर दक्षिण जोड्ने निर्माणधिन राष्ट्रिय गौरबको कालिगण्डकी कोरिडोर आयोजनाअन्तर्गत पर्वतको मालढुङ्गादेखि काभ्रेभिर सम्मको सडक खण्डमा एक दर्जनभन्दा धेरै स्थानहरुमा पहिरोको जोखिम छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले मानव–वन्यजन्तु द्वन्द्व, बासस्थानको खण्डीकरण र जलवायु परिवर्तनजस्ता चुनौतीको समयमा समाधान गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
थारु समुदायले पहिलो पर्वका रुपमा मनाउने ‘गुरही’ आज उल्लासपूर्वक मनाइँदैछ । विभिन्न कार्यक्रमको आयोजना गरी कैलालीलगायत थारु समुदायमा यो पर्व मनाइँदैछ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले महाकाली सिँचाइ आयोजनाअन्तर्गत निर्माणाधीन तेस्रो मूल नहरको स्थलगत निरीक्षण गर्नुभएको छ ।
सर्लाहीको लालबन्दीमा १३२ केभी राष्ट्रिय प्रसारण लाइननजिक घर रहेकालाई विद्युत् मिटर दिन नेपाल विद्युत् प्राधिकरणले इन्कार गरेको छ । २०४२ सालमै निर्माण भएको ‘
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय आइटी सेल गठन भएको छ । आइटी सेलको प्रमुखमा महेश चौरसिया चयन हुनुभएको छ ।
यहाँको अरुण गाउँपालिकामा नवनिर्मित आधारभूत अस्पतालबाट सेवा सुरु भएको छ । स्थानीयलाई सहज स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले स्थापित १५ श्ययाको आधारभूत अस्पताल सञ्चालनमा ल्याइएको हो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पाटेबाघका लागि प्रख्यात गन्तव्यका रूपमा रहेको छ । निकुञ्जमा पाटेबाघका लागि कम क्षेत्रफल भए पनि ४४ वटा बाघ छन् । विश्वको दुर्लभ मानिने बाह्रसिङ्गाको झुण्ड देख्न पाइने शुक्लाफाँटा पाटेबाघका लागि पनि प्रख्यात मानिएको छ ।
ल्मीमा ट्राफिक प्रहरीले चार वर्षमा सवारी कारबाहीबाट दुई करोड रुपियाभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
साउन १२ गते सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ का जङ्गल छेउ एकान्तमा रहेको घरबाट उर्मिला हायुसहित परिवारका १६ सदस्य सम्पर्कविहीन भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रशासन कार्यालय र जिल्लास्थित सबै सुरक्षा निकायले दिनभर र राति अबेरसम्म खोज तलासलाई तीव्र बनाएका थिए ।
रामपुर नगरपालिका–५ मटेरीस्थित रामपुर आधारभूत विद्यालयका विद्यार्थीले अष्टनाग अङ्कित चित्र तयार पारेर बिक्री गरेका छन् ।
अविरल वर्षाका कारण रुद्धवेनी वामीटक्सार सडक अवरुद्ध भएको छ । अबिरल वर्षाका कारण उक्त सडक खण्डको सत्यवती गाउँपालिका–६ डहरे खोलामा पानीको सतह बढ्न जाँदा बाटो पूर्णरुपमा अवरुद्ध भएको जिला प्रहरी कार्यालय गुल्मीकाप्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो ।
नेपालमा परम्परादेखि बाँसको प्रचलन हुँदै आएको छ । यसको व्यावसायिक खेती भने हुने गरेको छैन । बाँस जस्तो पर्यावरणमैत्री स्थानीय उत्पादनलाई व्यावसायिक गरी प्रवर्धन गर्न सके त्यसबाट राज्यलाई महत्वपूर्ण सहयोग पुग्ने छ । सरकारी निकायले बाँसका सामग्री प्रयोग गर्नुपर्ने माग राख्दै दिक्तेलरूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले आइतबारदेखि भोक हडताल सुरु गर्नुभएको छ । सातबुँदे माग राख्दै हडतालमा बस्नुभएका भट्टराईको मुख्य केन्द्रविन्दुमा बाँस
सङ्खुवासभाको मकालु गाउँपालिका–६ स्थित बास्थलाबाट करिब चार किलोमिटरमाथि बाक्लो जङ्गलको बिचमा अवस्थित ढुङ्गामाथिको माङ्मा पोखरी प्रचारप्रसारको अभावमा
विश्वविद्यालयको मूल उद्देश्य ज्ञान उत्पादन र त्यसको वितरण हो ।