• १३ साउन २०८२, मङ्गलबार

रुद्धवेनी वामीटक्सार सडक अवरुद्ध

blog

फाइल तस्बिर

तिलाचन पाण्डे
तम्घास, साउन १३ गते ।
अविरल वर्षाका कारण रुद्धवेनी वामीटक्सार सडक अवरुद्ध भएको छ । अबिरल वर्षाका कारण उक्त सडक खण्डको सत्यवती गाउँपालिका–६ डहरे खोलामा पानीको सतह बढ्न जाँदा बाटो पूर्णरुपमा अवरुद्ध भएको जिला प्रहरी कार्यालय गुल्मीकाप्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो ।

अहिले पनि निरन्तर रुपमा पानी परिराखेकाले सडक अवरुद्ध नै हुने जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सडक अवरुद्ध हुँदा सो सडक भएर जाने छोटो तथा लामो दूरीका सवारीहरु चल्न सकेका छैनन् ।