सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति गर्दा अनियमितता हुने गरेको पाइएको छ । विद्यालय व्यवस्थापन समिति (विव्यस) ले आफूनिकटका शिक्षकलाई अनियमित तरिकाबाट प्रधानाध्यापक नियुक्त गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको हो ।
कर्णाली विकास बैङ्कको रकम हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान पूरा गरेको छ ।
सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेल सिफारिस हुनुभएको छ । मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकालले अवकाश पाएसँगै न्याय सेवा आयोगले पौडेललाई सिफारिस गरेको हो । आयोगको सिफारिस अनुसार अब मन्त्रीपरिषद्ले पौडेललाई नियुक्ति र पदस्थापन गर्ने छ । पौडेल सर्वोच्चकै रजिस्ट्रार हुनुहुन्थ्यो ।
अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गत नेपालमा सञ्चालनमा रहेको विकास परियोजनाले अब कुनै अवरोधबिना निरन्तरता पाउने भएको छ ।
राष्ट्रिय गौरवको रानीजमरा–कुलरिया सिँचाइ आयोजना निर्माणको दोस्रो चरण पूरा भएको छ ।
मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले कृषिमा पर्याप्त बजेट विनियोजन नभएको बताउनुभएको छ । लहान नगरपालिका वडा ११ मा अगुवा किसानहरुसँगको भेटघाटको क्रममा उहाँले यस्तो बताउनु भएको हो ।
सिन्धुलीबाट सम्पर्कविहीन भएको हायू परिवारका १६ जना सदस्यहरु कास्कीको पोखरा महानगरको गगनगौंडामा भेटिएका छन् ।
मधेश प्रदेशका पालिका प्रमुखहरुले बालमैत्री स्थानीय शासन घोषणा गर्न प्रतिबद्धता व्यक्त गरेका छन् ।
तराई मधेशमा न माटो भिजाउने पानी, न जनताको मन शान्त हुने अवस्था । खेतबारी सुक्खा छन्, धानको बीउ ‘बेन्र्याटो’ मै सुक्दैछन् । जेनतेन रोपाइँ गरिएका खेतमा धाँजा फाटेका छन्, किसानमा चिन्ताको धाँजा अझै गहिरिँदै छ ।
सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–७, मोहनगञ्जमा सोमबार स्कुल बसले किचेर एक बालिकाको मृत्यु भएको छ ।
कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङ्गामले राष्ट्रसेवक कर्मचारीले अनुमानको भरमा काम गर्न नहुने बताउनुभएको छ ।
जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय आइटी सेल गठन भएको छ । आइटी सेलको प्रमुखमा महेश चौरसिया चयन हुनुभएको छ ।
मधेस प्रदेश सरकारले घरधुरी र नागरिक बिमा कार्यक्रम यही साउन १ गतेदेखि लागू गरेको छ । सामाजिक सुरक्षा र नागरिकको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यसहित सो कार्यक्रम सुरु गरिएको हो ।
एसियाली विकास बैंक (एडिबी) ले बङ्गलादेशको अर्थतन्त्रमा अमेरिकाबाट लगाइने नयाँ भन्सार शुल्कका कारण गम्भीर असर पर्न सक्ने चेतावनी दिएको छ ।
नक्कली सुन देखाइ रु २१ लाख ५० हजार ठगी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ ।