नेपाल कम्युनिष्ट पार्टी (एमाले) का निलम्वित सचिव एवं प्रतिनिधिसभाका निलम्वित सांसद् टोपबहादुर रायमाझीको मुद्दा छिटो टुङ्गोमा पुर्याउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अर्घाखाँची जिल्ला सभापति हरिप्रसाद भुसालले माग गर्नुभएको छ ।
खडेरीले प्रभावित भएका सर्लाहीसहित मधेश प्रदेशका अधिकांश क्षेत्रका किसान सोमबार आकाशे वर्षा भएपछि खुसी भएका छन् ।
प्रतिनिधिसभाअन्तर्गत महिला सांसद समन्वय समिति गठनका लागि आवश्यक सहयोग र समन्वय गरिदिन विभिन्न राजनीतिक दलका महिला सांसदहरूले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासमक्ष आग्रह गर्नुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार युरोपेली सङ्घका सबै मुलुकमाथि १५ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको छ ।
ताप्लेजुङमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सामान्य अङ्कले घटेको छ । परिसूचक शून्य दशमलव ०६ प्रतिशत अर्थात दुई दशमलव ०७ अङ्कले घटेर दुई हजार ९६२ दशमलव १३ विन्दु कायम भएको छ ।
लुम्बिनी प्रदेशमा नवनियुक्त युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्ती समक्ष नव नियुक्त मन्त्री पाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको हो ।
इक्वेडरमा आइतबार दुईवटा छुट्टाछुट्टै आक्रमणमा सशस्त्र आक्रमणकारीहरूले एक बालकसहित कम्तीमा १४ जना सर्वसाधारणको हत्या गरेको प्रहरी अधिकारीहरूले बताएका छन् ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, छेत्पा नजिक भण्डास विप्परकटेरीमा एकै घरका लोपोन्मुख हायु परिवारका १६ जना चार दिनदेखि सम्पर्कविहीन भएका छन् ।
आइतबार राति भएको फाइनलमा बलियो प्रतिद्वन्द्वी स्पेनलाई टाइब्रेकरमा ३–१ गोलले हराउँदै इङ्ल्यान्ड लगातार दोस्रो पटक च्याम्पियन बनेको हो ।
उत्तरपूर्वी कङ्गोमा ‘एलाइड डेमोक्र्याटिक फोर्स’का विद्रोहीहरूले आइतबार गरेको आक्रमणमा परी ४० जनाभन्दा बढीको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय शान्ति अभियान तथा कङ्गोको सेनाले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभामा उठेका विषयमा सात दिनभित्र जवाफ दिन प्रदेश सरकारलाई निर्देशन दिनुभएको छ ।
धनकुटाको थलथलेको युवाहरूले श्रमदान गरेरै सुन्दर पार्क निर्माण गरेका छन् । सहिदभुमि गाउँपालिका वडा नम्बर छ स्थित थलथले बजारमा पार्क निर्माण गरिएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीति एक महत्वपूर्ण हप्तामा प्रवेश गर्दै गर्दा संयुक्त राज्य अमेरिका र चीनका उच्च आर्थिक अधिकारीबिच सोमबार वार्ता हुनेभएको छ ।
अन्नपूर्ण हिमालको आधार शिविरसम्म पुग्न वर्षात्को समयमा पनि दैनिक पर्यटक आउने क्रम निरन्तर चलेको छ । मनसुनको याम भए पनि दैनिक ५० जनाभन्दा बढी पर्यटक अहिले पनि अन्नपूर्ण आधार शिविर आउने गरेका छन् ।