ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हाल ‘लोडसेडिङ’ अवस्था नरहेको स्पष्ट पार्नुभएको छ । आज धनगढीमा आयोजित एक कार्यक्रममा उहाँले विद्युत् निर्यात समेत भइरहेको हुँदा ‘लोडसेडिङ’ अवस्था नरहेको बताउनुभयो ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिका–२, ग्वादीमा गोठ भत्किँदा एक हल गोरु मरेका छन् । स्थानीय छबिलाल विश्वकर्माको गोठ मङ्गलबार बिहान भत्किएको रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनुभयो ।
पूर्वोत्तर मोरङका सेवाग्राहीलाई भूमिसम्बन्धी सेवा दिइरहेको मालपोत र नापी कार्यालय बेलबारीको कार्यक्षेत्र घटाएर उर्लाबारीमा अर्को कार्यालय स्थापना गर्ने सरकारी योजना अलमलमा परेको छ । तीन वटा पालिकाले आफ्नै पालिकामा कार्यालय र सेवा केन्द्र राख्नुपर्ने माग राखेपछि मालपोत कार्यालय स्थापना कार्यव्रmम अलमलमा परेको हो ।
स्याङ्जामा धमाधम ग्रामीण क्षेत्रका सडक कालोपत्र भएका छन् । पूर्वाधार विकास कार्यालय, स्थाङ्जाले आर्थिक वर्ष ०८१/०८२ मै ३० किलोमिटर सडक कालोपत्रे गरेको छ ।
कैलालीसहित विभिन्न जिल्लामा थारू समुदायमा मङ्गलबार गुरही पर्व मनाइँदैछ । बालबालिकाका पर्वको रूपमा गुरही पर्व मनाउन लागिएको हो ।
जङ्गलमा पाइने निगालोको टुसाको व्यापार गाउँघरदेखि सहरबजारसम्म फस्टाउँदै गएको छ । सिजनको तरकारीका रूपमा प्रयोग गरिने टुसा सदरमुकाम बेँसीसहरसहितका बजारमा उच्च माग छ ।
रौतहटको गौर नगरपालिका–१ स्थित ऐतिहासिक शिवालय पोखरीमा युवाले सरसफाइ तथा वृक्षरोपण गरेको छ । वर्षौंदेखि पोखरी सफा नहुँदा दुर्गन्धित हुँदै गएका कारण स्वस्फूर्त
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हिन्दू धर्मावलम्वीहरूको महत्त्वपूर्ण पर्व नागपञ्चमीको अवसरमा सम्पूर्ण प्रदेशवासीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
ताप्लेजुङमा हालसम्म करिब ६२ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार साउन दोस्रो साता बित्नलाग्दा अर्थात् साउन १३ गते सम्ममा ६१.९७ प्रतिशत रोपाइँ सम्पन्न भएको हो ।
गुल्मीदरबार गाउँपालिका बलिथुमकी गीता सुनारले श्रीमान् कुरेको २२ वर्ष भयो । उहाँ २०५६ सालमा बिहे गरेपछि श्रीमान् रुद्रबहादुर सुनारसँगै भारतको मुम्बई जानुभयो । रुद्रबहादुरले २०६० सालमा श्रीमती र छोराहरू घर छोडेर फेरि भारत गएपछि कहिल्यै फर्किनुभएन । सुनारले घर छोड्दा अढाई वर्षका छोरा सुनील अचेल लक्का जवान भइसकेका छन् ।
ताप्लेजुङस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रले १७ हजार जनाको आँखा परीक्षण तथा उपचार गरेको छ । आँखा उपचार केन्द्रले एक वर्षको अवधि अर्थात् गएको आर्थिक वर्ष २०८१/८२ मा उक्त सङ्ख्यामा सेवाग्राहीलाई आँखा परीक्षण तथा उपचार सेवा प्रवाह गरेको हो ।
लामो समयदेखि गणित शिक्षक नहुँदा विद्यालयमा पठनपाठनमा समस्या भएको भन्दै शिक्षकको व्यवस्था गरिदिन स्थानीय सरकारसँग विद्यालयले हारगुहार गरेको छ ।
केही वर्षअघिसम्म गाउँघरमा सारङ्गी बजाएर सन्देश पु¥याउने बर्दियाको बढैयाताल गाउँपालिका–४ का ६५ वर्षीय विजित गन्धर्वले अचेल सारङ्गी बजाउन छाड्नुभएको छ ।
पाख्रीबास नगरपालिका–३ का टायलबहादुर बस्नेतले करिब आठ वर्षअगाडि कृषि क्याम्पस सञ्चालनका लागि जग्गा मुअब्जा पाउने सर्तमा जग्गा पास गरिदिनुभयो । उहाँले घ
जुम्लाको तातोपानी गाउँपालिका–५, लाम्राका टक्क नेपालीले आफ्नो तीनतले पक्की घरको छतमा जहाजको प्रतिमा निर्माण गर्नुभएको छ । निर्माण गरिएको जहाजको प्रतिमा टाढाबाट हेर्दा दुरुस्तै वास्तविक जहाज जस्तै देखिने गरेको छ ।