नागपञ्चमीका दिनदेखि नेवार समुदायको बाहुल्य रहेको पूर्वका ओखलढुङ्गा, खोटाङ, सङ्खुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम, ताप्लेजुङलगायतका जिल्लामा आजदेखि लाखेनाच सुरु भएको छ ।
धनकुटाको हिले बजारमा आजदेखि नेवारी समुदायको परम्परागत लाखे जात्रा सुरु भएको छ। हरेक वर्ष निकालिने लाखे नाच यस वर्ष पनि आजबाट झिँगुनेवा समाज हिलेले प्रत्येक वर्ष नाग पञ्चमीको अवसर पारेर नाच निकाल्ने गरेको छ।
बेइजिङमा भारी वर्षाले ३० जनाको ज्यान लिएपछि अधिकारीहरूलाई हजारौँ मानिसलाई सुरक्षित स्थानमा सार्न बाध्य बनाएको छ ।
तनहुँमा प्रशस्त पानी नपर्दा साउनको दोस्रो सातासम्म रोपाइँ पूरा भएको छैन। अझै १२ प्रतिशत खेत रोप्न बाँकी रहेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ।
उत्तर कोरियाका नेताकी शक्तिशाली बहिनीले मङ्गलबार संयुक्त राज्य अमेरिकालाई आणविक निःशस्त्रीकरणको विरुद्धमा चेतावनी दिनुभएको छ ।
भारतीय सुरक्षा बलको कारबाहीमा भारतीय काश्मीरमा हिन्दू पर्यटकमाथि आक्रमणमा संलग्न तीन बन्दुकधारी मारिएको गृहमन्त्री अमित शाहले मङ्गलबार बताउनुभएको छ ।
मङ्गलबार पूर्वी भारतमा मङ्गलबार हिन्दु तीर्थयात्री बोकेको बस खाना पकाउने ग्यास सिलिन्डर भरिएको ट्रकसँग ठोक्किएपछि कम्तीमा १८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
धनुषाको बटेश्वर गाउँपालिकामा सिँचाइ सुविधाका लागि चार वर्षअघि गाडिएका १७ वटा डिप ट्युबवेल अझै सञ्चालनमा आउन सकेका छैनन् ।
आफ्नै घरबास नहुँदा बाजुराका गन्धर्व परिवार बिचल्लीमा परेका छन् । यहाँ बसोवास गर्दै आएका ४३१ गन्धर्व परिवार बिचल्लीमा परेका हुन् ।
गुल्मीमा अवरुद्ध कालिगण्डकी करिडोरसहित मुख्य तीन सडक सञ्चालनमा आएका छन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षित जङ्गलमा वन्यजन्तुको अवैध चोरी सिकार न्यूनीकरण तथा निगरानीका लागि क्यामेरा जडान गरिएको छ ।
बागलुङ नगरपालिका–१२ अमलाचौरका डिलबहादुर केसीको नाम मौरीपालन व्यवसायमा चर्चित छ । उहाँ मौरीबाजेको नामले बढी चिनिनुहुन्छ ।
कैलालीको भजनी नगरपालिका–३ की सीतादेवी चौधरी यतिबेला धान काट्न व्यस्त हुनुहुन्छ । चैतमा रोपेको धान दोस्रो पटक काट्न उहाँ व्यस्त हुनुभएको हो । पहिलो चरणमा जेठमै धान भित्र्याएकी सीता दोस्रोपटक धान भित्र्याउन पाउँदा खुसी हुनुहुन्छ ।
यातायात व्यवस्था कार्यालय हेटौँडाले आर्थिक वर्ष २०८१/८२ मा रु ५७ करोड ४२ लाख ७६ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा नयाँ सवारी साधन दर्ता , नविकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट उक्त राजस्व सङ्कलन भएको हो ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा तामाङविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले पारित भएको छ।