एक नयाँ अध्ययन अनुसार, अष्ट्रेलियामा जलवायु परिवर्तनका कारण सिड्नी, मेलबर्न, क्यानबेरा र पर्थजस्ता ठूला सहरहरूमा अब मौसमजन्य विपत्ति अझ तीव्र र बारम्बार हुने सम्भावना बढेको छ।
एकातिर युक्रेनका विभिन्न क्षेत्रहरूमा भीषण हवाई आक्रमण गर्दै कम्तीमा २५ जनाको ज्यान लिएको केही घण्टामै, रुसले शान्ति प्रक्रिया प्रतिको प्रतिबद्धता जनाएको छ ।
गृहमन्त्री रमेश लेखकले नेपाल हज समितिको अध्यक्ष पदमा सिराहा जिल्लाको कल्याणपुर नगरपालिका–१२ का मोख्तार अहमदलाई नियुक्त गर्नुभएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जकमा पाटेबाघको संख्या ४३ पुगेको छ । जसमा २१ वटा भाले र १९ वटा पोथी तथा विश्लेषणका आधारमा थप तीन गरेर बाघको संख्या ४३ पुगेको निकुञ्ज कार्यालयका पदाधिकारीहरुले जनाएका छन् ।
पशुपति क्षेत्रमा ४५ वर्षदेखि हुन नसकेको ऐतिहासिक लाखे झ्यालिन्छ नाच यस वर्ष श्रावण शुक्ल पञ्चमीदेखि फेरि सुरू हुने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार देश विकासका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नेपालगन्ज फुलटेक्रास्थित ब्रिनोज कान स्वास्थ्य अस्पतालले एक वर्षमा पश्चिम नेपालका तीन प्रदेशका सात हजार छ सय भन्दा बढीलाई कान उपचार सेवा प्रदान गरेको छ।
ताप्लेजुङमा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार बढी सवारी साधन कारबाहीमा परेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार एक वर्षको अवधि अर्थात गएको आर्थिक वर्षमा विभिन्न सवारी साधन कारबाहीमा परेका हुन्।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारलाई चलायमान बनाउने उद्देश्यसहित रमाइलो मिनी मेला सुरु भएको छ। लाखेजात्रा पर्वको अवसर पारेर फुङ्लिङ बजारमा रमाइलो मिनी मेला लगाउन सुरु गरिएको हो।
समाजवादी मोर्चाको बैठकमा मोर्चालाई प्रभावकारीरुपमा अगाडि बढाउने विषयमा छलफल भएको छ।
भेरी करिडोर सडक अन्तर्गत नलगाड नगरपालिका–८ र ९ को सिमाना त्रात्रगाड खोलामा डोल्पा जानका लागि आएको ट्रक फसेपछि स्काभेटको सहायताले निकालिँदै ।
विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । डडेलधुराको भित्रिमधेश क्षेत्र आलिताल गाउँपालिका–१ फिल्नेगडाका ७० वर्षीय देव बोहराको विषालु च्याउ खाँदा मृत्यु भएको हो ।
लमजुङको मध्यनेपाल नगरपालिकाको भोर्लेटार बजार, हरियाली धानखेत र पृष्ठभूमिमा देखिएको लमजुङ र कास्कीको सिमानामा अवस्थित रुपा गाउँपालिकाको फल्याङ्गकोट डाँडो।
उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले जनतामा भएको आस्था जोगाउन धार्मिक क्षेत्रहरूको संरक्षण गर्नुपर्ने बताउनुभएको छ । भक्तपुरको कलममसीमा १३औँ नागपञ्चमी मेला तथा २७ फिट लामो कालिनागको विशेष रुद्री पूजा कार्यक्रममा उपप्रधानमन्त्री सिंहले धार्मिक क्षेत्रको संरक्षणमा जोड दिनुभएको हो ।
नेपाल-भारत सीमा कार्यदलको सातौँ बैठक आज नयाँ दिल्लीमा सौहार्दपूर्ण र मैत्रीपूर्ण वातावरणमा सम्पन्न भएको छ।