लुम्बिनी प्रदेश सरकारले ५० लाखभन्दा माथिका योजनाहरू मुख्यमन्त्री ड्यास बोर्डमार्फत अनुगमन गर्ने भएको छ ।
गण्डकी प्रदेश सरकारले सरकारी कामकाजीको भाषाका रूपमा गुरुङ र मगर भाषालाई मान्यता दिएपछि लमजुङका गुरुङ समुदायले सदरमुकाम बेँसीसहरमा दीपावली गरेर खुसी मनाएका छन् । तमू ह्युला छोंज धीं (गुरुङ राष्ट्रिय परिषद्) लमजुङको आयोजनामा उपस्थित गुरुङ समुदायका अगुवा, युवा तथा विद्यार्थीले सोमबार साँझ बेँसीसहरको भीमसेनस्थान चोकमा जम्मा भएर दीप प्रज्वलन गरी खुसियाली मनाएका हुन् । दीप प्रज्वलनका लागि गण्डकी प्रदेश र प्रदेशको नक्साको सिमानामा मैनबत्ती राखिएको थियो ।
एनआइसी एसिया बैङ्कले ८.१७ प्रतिशत ब्याजदरमा सेयर कर्जा ऋण दिने भएको छ । बैङ्कले प्रतिस्पर्धी ब्याजदर (औसत आधार दरमा एक प्रतिशत प्रिमियम थप) मा सेयर धितो राखेर प्रवाह गरिने कर्जाको योजना सार्वजनिक गरेको हो ।
कृषि उपजका रूपमा रहेको लसुन पूर्वी नाका मेची भन्सार हुँदै ठुलो परिमाणमा नेपाल भित्रेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्क अनुसार १० करोड २१ लाख १९ हजार ६२० किलोग्राम लसुन नेपाल भित्रेको छ ।
ज्येष्ठ नागरिक संघ मधेश प्रदेशको अध्यक्षमा रौतहटका ७४ वर्षीय विजय किशोर झा सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।
गुल्मीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दुई करोड रुपियाँभन्दा बढीको खाद्यान्न बिक्री गरेको छ ।
गल्याङ नगरपालिकाले बुधबार शोक विदा दिएको छ । वडा नं– ३ का वडा सदस्य तथा नगरसभा सदस्य नारान बहादुर थापाको सोमबार भएको निधनप्रति शोक व्यक्त गर्दै आज शोक विदा दिने घोषणा गरेको हो ।
ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले हरेक वडामा एकजना कृषि प्राविधिक राख्ने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षदेखि हरेक वडामा एकजना कृषि प्राविधिक राख्ने भएको हो ।
नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्ड लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
गुल्मीको सत्यवति गाउँपालिका–६ जोहाङ्ग खैरेनीमा करिब साढे दुई करोड रुपियाँको व्याडमिन्टन कभर्डहल निर्माण गरिएको छ । खैरेनी युवा क्लवले व्यावस्थापन गरेर कभर्डहल निर्माण गरिएको हो ।
योगदानमा आधारित सामाजिक सुरक्षा कोष श्रमिकको मात्रै नभई उद्योगी व्यवसायीको समेत हितमा रहेकाले यसलाई अझै वैज्ञानिक बनाउनु आवश्यक रहेको औँल्याइएको छ ।
चीनको साझेदारीमा सिन्धुलीमा निर्माण हुन थालेको भैँसीको मासु प्रशोधन फ्याक्ट्री (प्रोसेस्ड कुक्ड बफेलो मिट फ्याक्ट्री) का लागि २० अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) स्वीकृत भएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दुग्धजन्य उत्पादनलाई गुणस्तरीय बनाएर विश्व बजारमा निर्यात गर्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ ।
सरकारले मुलुकको पर्यटन क्षेत्रको समग्र विकासका निम्ति नयाँ ‘पर्यटन नीति २०८२’ सार्वजनिक गरेको छ । सरकारले पर्यटन नीति २०६५ जारी गरेको १७ वर्षपछि नयाँ नीति ल्याएको हो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ । साथै मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थानको आसपास नै रहेको जनाएको छ ।