लहानमा मापदण्डविपरीत सञ्चालन भएका पिउने पानी प्रशोधन उद्योग कारबाहीमा परेका छन् । इलाका प्रशासन कार्यालयको नेतृत्वमा मङ्गलबार भएको संयुक्त अनुगमनमा चारवटा उद्योगलाई रु पाँच हजारका दरले जरिवाना गरिएको हो ।
पश्चिम नवलपरासीको रामग्राम १२ कसियास्थित झरहीखोला पुल नजिकै निर्माण गरिएको सार्वजनिक शौचालय एक दशक बितिसक्दा पनि सञ्चालनमा आउन सकेको सकेको छैन ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कोरला नाकालाई व्यावसायिक रूपमा नियमित सञ्चालनका लागि गर्नुभएको प्रस्तावमा चिनियाँ पक्ष सकारात्मक देखिएको छ ।
मुगाली काँचो स्याउ कर्णाली प्रदेशको राजधानी सुर्खेत, नेपालगञ्ज, दाङ लगायतका बजारमा पुगेको व्यापक जनगुनासो आएको छ । जिल्लाका सम्बन्धित निकायहरुले कृषकका काँचो स्याउ सङ्कलन रोक लगाउनमा कुनै चासो नदेखाएको पाइएको हो ।
दुई दिनको वर्षाले मङ्गलबार कालीगण्डकी कोरिडोर र रिडी–रुद्रवेणी सडक दुई स्थानमा अवरुद्ध हुँदा यात्रामा निस्किएका नागरिकले सास्ती खेप्नु प¥यो । जिल्लाका मुख्य सडक पटक पटक अवरुद्ध हुँदा उनीहरूले यस्तै सास्ती खेप्दै आएका छन् ।
झन्डै दुई वर्षदेखि त्रिपालमा बस्दै आएका जाजरकोटका भूकम्प प्रभावित बर्खाको समयमा बिचल्लीमा परेका छन् । सदरमुकामस्थित भेरी नगरपालिका–२, ठाँटी स्वास्थ्य सेवा कार्यालयको क्षेत्रमा बसेका केही भूकम्प प्रभावित त्रिपाल चुहिन थालेपछि बिचल्लीमा परेका हुन् ।
रुकुमपश्चिमको चौरजहारी नगरपालिका–१ मा रहेको चौरजहारी अस्पताललाई स्वास्थ्य बिमाको प्रथम सेवाविन्दुबाट नहटाउन आग्रह गरिएको छ । २०७४ सालबाट स्वास्थ्य बिमा कार्यक्रम लागु भएको यस अस्पतालबाट प्रथम सेवाविन्दुको सुविधा नहटाउन आग्रह गरिएको हो ।
चीनको तिब्बत क्षेत्रमा परेको भीषण वर्षासँगै मङ्गलबार रातिदेखि नेपालतर्फको भोटेकोशी र त्रिशूली नदीमा एक्कासि जलसतह बढेपछि आकस्मिक बाढी आएको छ ।
सूदूरपश्चिम प्रदेशको सबैभन्दा उँचो हिमालका रूपमा रहेको अपि हिमालमा पर्यटक पुर्याउन सङ्घीय सरकारले दार्चुलाको अपि हिमाल गाउँपालिकाको विभिन्न स्थानमा पर्यटकीय पदमार्ग निर्माण गरेको छ । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागमार्फत आर्थिक वर्ष २०७९/८० देखि हालसम्म २१ किलोमिटर पर्यटकीय पदमार्ग निर्माण गरेको हो ।
बाघ संरक्षणसँगै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा देशकै कान्छो निकुञ्ज बाँके राष्ट्रिय निकुञ्जले उल्लेखनीय सफलता हासिल गरेको छ ।
कैलालीको धनगढी उपमहानगरपालिकामा हुलाकी राजमार्ग अन्तर्गतका दुई वटा पुल नबन्दा स्थानीयले सास्ती भोग्नु परेको छ ।
सङ्घीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले महाकाली सिँचाइ आयोजना राष्ट्रिय गौरवको आयोजना भएकाले यस्ता आयोजनामा बजेट अभाव हुन नदिन सरकार सचेत रहेको बताउनुभएको छ ।
कोशी प्रदेश सरकारले विराटनगरमा स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले १४ जिल्लामै सेवा विस्तार गरेको छ । जिल्ला अस्पताल तथा नगर अस्पतालमा सङ्कलन भएका
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा तामाङविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले पारित भएको छ । मङ्गलबार कांग्रेस संसदीय दलको कार्यालयमा
राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला)सडक आयोजनाको मुस्ताङ खण्ड बुधबार साँझदेखि रातको समयमा सात दिन बन्द हुने भएको छ ।