कैलालीको धनगढी नगरपालिका –१३, मोहना नदी किनारमा बालकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी आठ–नौ वर्षको देखिने बालकको शव सडेको अवस्थामा फेला परेको हो ।
चुरे दोहन तथा अनियन्त्रित ढुङ्गागिट्टी उत्खननले भूमिगत जल सतह दिनप्रति दिन तल भासिँदै गएपछि मधेश प्रदेश अहिले खडेरीको चपेटामा परेको छ ।
नेपाल खेलकुद पत्रकार मञ्चले विगत २१ वर्षदेखि काठमाडौँ गर्दैआएको एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको २२ औँ संस्करण पोखरामा हुने भएको छ ।
कैलालीको गौरीगंगा नगरपालिका–६, बनबेहडा, विजयनगर टोलका २८ वर्षीय टेकबहादुर रोकाया मृत अवस्थामा फेला परेका छन् ।
खोला तरेर हिँड्नुपर्ने बाध्यता माडीको सिमरावासीमा हट्न लागेको छ । माडी नगरपालिका–३ सिमराका बासिन्दालाई बजार आउन पैदल नै खोला तरेर जानु पर्ने अवस्था थियो । वर्षौदेखि रिउ खोलामा पैदल तर्दा बगाएर ज्यान जाने जोखिम रहेको थियो ।
उच्च अदालत जनकपुरले निगौल गौशालाको मन्जुरी विना गौशाला नगरपालिकालाई बजार ठेक्का प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश दिएको छ ।
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाको दिन जनै धारण गर्नेहरू (तागाधारीहरू) को धार्मिक पर्व जनैपूर्णिमा पर्व आउँछ । यो पर्व ब्राह्मण, क्षेत्रीय एवं वैश्य आदि जातिको चोखो, पवित्र एवं प्रमुख पर्व हो ।
हुम्ला–मुगु लिङ्क रोड औपचारिक रूपमा सडक सञ्जालसँग जोडिएका छन् । चङ्खेली गाउँपालिका–२ र ४ को सिमानामा पर्ने लोती कर्णाली नदीमा निर्माण गरिएको बेलिब्रिज मङ्गलबार कर्णाली प्रदेशका पुर्ब मुख्यमन्त्री जीवन बहादुर शाहीले उद्धघाटन गरेसँगै औपचारीक रुपमा सडक सञ्जालसँग लिङ्क रोड जोडिएका हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाको आजको बैठकमा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति ९एलडिसी ग्रयाजुुएसन०का बारेमा सम्बोधन गर्नुहुने भएको छ ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले आफ्नो पालिकाको गौरवका योजना छनोट गरेको छ । गाउँपालिकाले विभिन्न १४ वटा योजनाको नाम सूचिकृत गर्दै पालिकाको गौरवका योजना छनोट गरेको हो ।
चितवन जिल्लामा २५ हजार ७३३ घरपरिवार बाढी पहिरोको जोखिममा रहेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जिल्लाका सात पालिकामा बाढी र पहिरोको जोखिममा २५ हजारभन्दा धेरै घरपरिवार रहेको बताउनुभयो ।
रुसको पूर्वी तटपारि क्षेत्रमा बुधबार ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि धेरै क्षेत्रमा सुनामी आउने चेतावनी जारी गरिएको छ ।
गुल्मी अस्पतालको सुविधा सम्पन्न भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । हालसम्म भवन निर्माणको भौतिक प्रगति ९० प्रतिशतभन्दा बढी भएको छ भने वित्तीय प्रगति ८५ प्रतिशत भएको निर्माण व्यवसायीका सव इन्जिनियर अरविन्द्र चौधरीले बताउनुभयो ।
बागमती प्रदेशमा तीनजना सांसदलाई मन्त्री नियुक्त गर्ने तयारी रहेको छ । प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले तीन जना सांसदलाई मन्त्रीमा नियुक्त गर्ने तयारी गर्नुभएको लामाका प्रमुख स्वकीय सचिव छत्रबहादुर लामाले जानकारी दिनुभयो ।
बाँकेमा पछिल्ला वर्षहरुमा बसाइँसराइ गरेर आउने र जाने दुवै थरी नागरिकको सङ्ख्यामा वृद्धि भएको छ । आर्थिक वर्ष २०८०–०८१ मा भन्दा गत आर्थिक वर्ष २०८१–०८२ मा जिल्लामा बसाइँ सरेर आउने र जिल्लाबाट बसाइँ सरेर बाहिरी जिल्ला जाने दुवै थरी नागरिकको सङ्ख्यामा वृद्ध भएको हो ।