अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्ध अन्त्य गर्नेतर्फ ठोस प्रगति गर्न रूसलाई १० दिनको समयसीमा घोषणा गर्नुभएको छ । उहाँले समय सीमा पालन गर्न असफल भएमा नयाँ प्रतिबन्धहरू लगाइने चेतावनी दिनुभएको छ ।
जाजरकोटको बारेकोट गाउँपालिका–८, सेपुखोलास्थित बजार ।
भैरहवाको रमादा होटलमा अहिले जारी बैठकमा पार्टीका कार्यवाहक अध्यक्ष डिपी अर्याल, पार्टीका प्रमुख सचेतक सन्तोष परियारलगायत नेताहरू सहभागी हुनुहुन्छ।
ग्वाटेमाला सहरस्थित एक शवदाह गृहमा मङ्गलबार भएको सशस्त्र आक्रमणमा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।
वालिङ नगरपालिकाले नगरभित्र व्यवसायिक कृषि गर्दै आएका किसानलाई उत्पादनमा आधारित प्रोत्साहन अनुदान वितरण गरेको छ ।
सर्लाहीको बागमती नगरपालिका–१२, भरत तालमा डुबेर बुधबार एक महिलाको मृत्यु भएको छ ।
गृहमन्त्री रमेश लेखकले गृहमन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै नयाँ चार चुनौती औँल्याउनुभयो । लागुऔषधको अवैध कारोबार र ओसारपसार नियन्त्रण गर्नु पहिलो हो ।
म्यान्मारको सेनाप्रति वफादार सरकार (जुन्टा) ले आफ्नो योजनाबद्ध निर्वाचनविरूद्ध आलोचना वा प्रदर्शन गर्ने जो कोहीलाई जेल सजाय दिने नयाँ कानुन लागु गरेको जनाएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक ४७ दशमलव ९३ अङ्कले घटेर दुई हजार ९५४ दशमलव १४ को विन्दुमा कायम भएको हो। यो एक दशमलव ५९ प्रतिशतको गिरावट हो।
बागमती कांग्रेस संसदीय दलको नेतामा ईन्द्रबहादुर बानियाँ निर्वाचित हुनुभएको छ ।
देशको माटोबाट कक्षमा पुग्ने प्रयासमा अस्ट्रेलियामा निर्मित पहिलो रकेट बुधबार १४ सेकेन्डको उडानपछि दुर्घटनाग्रस्त भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार बैठक भर्खरै पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको हो।
बुधबार राष्ट्रियसभाको बैठकमा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति जनतालाई अनुभूति गर्नेगरी काम गर्नुपर्ने सुझाव दिनुभयो ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल ओलम्पिक कमिटी (एनओसी) को तदर्थ कमिटी छिट्टै गठन गर्ने बताउनुभएको छ ।