जलस्रोतमा ब्राजिलपछि विश्वमै धनी भनेर नेपाललाई चिनिन्छ । यो संसारले नै मान्दै आएको विषय भए पनि लामो समय यो पुस्तकी ज्ञानका रूपमा मात्र सीमित रह्यो ।
जिल्ला अदालत बागलुङले आर्थिक वर्ष २०८१/०८२ मा ६ सय ६६ मुद्दा फर्छ्यौट गरेको छ । अघिल्लो वर्षमा नौ सय १८ मुद्दा रहेकोमा ६ सय ४८ वटा फर्छ्यौट भएका थिए ।
शिक्षाको दुनियाँमा जेनेरेटिभ एआई जस्ता आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बौद्धिकता) उपकरणको आगमनले शिक्षालाई एक नयाँ मोडतर्फ लैजाँदै छ । यसले व्यक्तिगत रूपमा सिकाइलाई सजिलो बनाउने, फरक फरक विद्यार्थीको आवश्यकतालाई बुझेर समर्थन गर्ने सम्भावना देखाएको छ
जिल्ला प्रशासन कार्यालय कालीकोटको अधिकरण गरिएको जग्गामा खेती नगर्न परिपत्रसँगै सार्वजनिक सूचना गरेको छ ।
सत्ताको नेतृत्व गरेको पार्टी नेपाल कम्युस्टि पार्टी (एमाले) को नवौँ केन्द्रीय कमिटीको बैठक यही साउन ५ र ६ गते काठमाडौँमा सम्पन्न भएको छ ।
नेपाली सेयर बजारले अघिल्लो बुल बनाएको करिब चार वर्ष भइसक्यो । बजारमा २०७८ भदौ २ गते अघिल्लो सर्वाधिक उचाइ नेप्से सूचक तीन हजार १९८.६० अङ्कसम्म पुगेको हो । लगानीकर्ताले लामो समय वियरिसको तितो अनुभव बटुल्दै बजारले बुल ट्रेन्डको यात्रा गरेको पनि एक वर्ष भएको छ ।
सामुदायिक विद्यालयतर्फ उत्कृष्ट विद्यालयका रुपमा परिचित गुल्मीका तीन विद्यालयलाई अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह (आइएसओ) प्रदान गरिएको छ ।
चलचित्र ‘शिवांश : च्याप्टर–१’ को छायाङ्कन सम्पन्न भएको छ । चलचित्रको ३६ औँ दिन खिचिएपछि ‘इन्डक्ल्याप’ गरिएको हो । अन्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने चलचित्रको निर्देशक सन्तोषकुमार आत्रेय हुनुहुन्छ । उहाँको यो पदार्पण निर्देशकीय चलचित्र हो ।
टेलिभिजन हास्य सो ‘कमेडी दरबार’ टिमले चलचित्र निर्माण गर्ने भएको छ । निर्माण टिमले ‘क का कि की’ को ‘थिम पोस्टर’ सार्वजनिक गर्दै चलचित्र निर्माण घोषणा गरेको हो । पोस्टरमा कलाकार गौरी मल्ल, तृप्ति नाटकर, रेखा थापा र महेश त्रिपाठी देखिनुभएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ । साथै मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थानको आसपास नै रहेको जनाएको छ ।
हिन्दु नारीहरूको महान् चाड हरितालिका तिजलाई लक्षित गरेर नयाँ तिजगीत सार्वजनिक गरिएको छ । नेपमेलोको आधिकारिक युट्युब च्यानलबाट ‘दर बनाइराछिन् आमा’ बोलको नयाँ तिजगीत सार्वजनिक गरिएको हो ।
सङ्घ, प्रदेश र स्थानीय तहमा बजेट व्यवस्थापन तथा कार्यान्वयनलाई अनुशासित तथा सुदृढ बनाउने गरी नयाँ कानुनको मसौदा बनाउन अर्थ मन्त्रालयले एक कार्यदल गठन गरेको छ ।
नेपाल राष्ट्र बैङ्कले सबिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ ५८ पैसा र बिक्रीदर १४० रुपियाँ १८ पैसा निर्धारण गरिएको छ ।
ओठमाथि जुँघाको रेखी बस्दै गर्दा १९ वर्षको उमेरमा खोटाङको दिक्तेलबाट वैदेशिक रोजगारीमा दुबई गएका रामकुमार दाहाल यतिबेला केराको दाम्चाबाट रेसा निकालेर नेपालमै खाडीको कमाई खोजिरहनुभएको छ ।
साउन १५ गते बिहीबार नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ ।