स्थानीय सरकारको नीति, कार्यक्रम तथा बजेट निर्माणमा सीमान्तकृत समुदायको सहभागिता सुनिश्चित गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
नेपालमा एक शताब्दीसम्म चलेको जहानियाँ राणा शासनको नेपालको इतिहासमा बेग्लै महत्व छ किनभने १०४ वर्षको कालखण्ड भनेको कुनै छोटो समयावधि होइन ।
सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाले काठमाडौँमा आयोजना गरेको चारदिने एकीकृत सेवा शिविरमा पाँच हजारभन्दा बढी नगरवासीले सेवा लिएका छन् भने साढे १३ लाख राजस्व सङ्कलन भएको छ ।
राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष डा. किरण पौडेलले तराई–मधेशमा भूमिगत रुपमा दुई सय ५० मिटर गहिराइमा डिप बोरिङ जडान गरिएमा पर्याप्त मात्रामा पानी उपलब्ध हुने जानकारी दिनुभएको छ ।
मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोलामा अवस्थित जोङलुङ गुम्बा निर्माण तथा व्यवस्थापनमा आर्थिक अभाव भएको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिका खल्ला झगडियास्थित राप्ती नदीमा जनताको तटबन्ध कार्यक्रम लमहीले आपतकालीन तटबन्ध निर्माण सम्पन्न गरेपछि राप्ती नदीले धार परिवर्तन गरेको छ ।
जिल्ला पूर्वाधार विकास कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा ३० वटा ग्रामीण सडक स्तरोन्नति गरेको छ ।
बाँके जिल्लामा गत आर्थिक वर्ष २०८१/८२ मा संघ र प्रदेश सरकारका कार्यालयहरुमार्फत २९ अर्बभन्दा बढी राजस्व सङ्कलन गरिएको छ ।
नेपालमा पछिल्ला दिनमा बैंक खाताबाट पैसा गायब हुने घटनाहरू तीव्र गतिमा बढिरहेका छन् । डिजिटल बैंकिङ विस्तारसँगै यस्ता घटनाले उपभोक्ताको विश्वासमा गम्भीर आघात पुर्याइरहेको छ ।
पहिरोका कारण कालीगण्डकी सडक पूर्णरुपमा अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिकाको गरगरे र मुल्कमा ठूलो चट्टानसहितको पहिरो आज बिहान खसेपछि उक्त सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।
आमरण अनशनमा बस्नुभएका प्रमुख तीर्थराज भट्टराई अस्पताल भर्ना हुनुभएको छ । चिकित्सकको सल्लाह अनुसार वीर अस्पताल भर्ना हुनुभएको प्रमुख भट्टराईको सचिवालयले जनाएको छ ।
बागमतीका नवनियुक्त मन्त्रीहरूको शपथ फेरि रोकिएको छ । बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटा बिहीबार बिहानै काठमाडौँ प्रस्थान गर्नुभएपछि आज दिउँसो १ बजे गर्ने भनिएको शपथ ग्रहण रोकिएको हो ।
नाम्खा गाउँपालिका– ६ को लिमीको मानसरोवर कैलाशको दुरदर्शन गर्न सकिने पाँच हजार मिटर अग्लो स्थान लाप्चा क्षेत्रमा खानेपानीको समस्या भएको गुनासो आएको छ ।
उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
प्रदेश विपत् व्यवस्थापन कार्यकारी समिति मधेश प्रदेशको बुधबार बसेको बैठकले प्रदेशको विपत् सङ्कटग्रस्त क्षेत्रमा प्रभावकारी ढङ्गले कार्य अगाडि बढाउने निर्णय गरेको छ । बैठकमा सबै सरोकारवाला निकायलाई जिल्ला विपत्