किएभमा बिहीबार भएको रूसी आक्रमणमा कम्तीमा छ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । मस्कोले भने देशको पूर्वमा युक्रेनी सेनाको प्रमुख गढ रहेको सहर कब्जा गरेको दाबी गरेको छ ।
महेन्द्र बहुमुखी क्याम्पसको समग्र पक्षमा सुधार गर्न नेपाल विद्यार्थी सङ्घले माग गरेको छ ।
सप्तरीको हनुमान नगर कङ्कालिनी नगरपालिका-११, इनरूवा नजिक खेतमा हरियाली भएको धानबाली । यस भेगमा पश्चिम नहरको सिँचाइ रहेकाले समयमा किसानले खेत रोप्न पाएका थिए ।
ताप्लेजुङको नयाँ बस पार्क सञ्चालनमा आएको छ । करिब १० करोड रुपियाँको लगानीमा निर्माण गरिएको फुङ्लिङ-४, नयाँ बस पार्क बिहीबारबाट दोस्रोपटक सञ्चालनमा आएको हो ।
लागुऔषधको अवैध कारोबारमा संलग्न छ जना काठमाडौँका विभिन्न स्थानबाट पक्राउ परेका छन्।
मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकार आयोगले सरकारलाई जिम्मेवार र जवाफदेही बनाउनमा सहयोग पुर्याउने बताउनुभएको छ।
झापाको शिवसताक्षी नगरपालिका-११, दुधे रङ्गशालामा आगामी कार्तिक १५ गतेदेखि २२ गतेसम्म देशकै ठुलो धनराशीको महिला गोल्डकप हुने भएको छ ।
भारतीय अदालतले बिहीबार एक कट्टर हिन्दु राष्ट्रवादी साध्वी तथा पूर्व सांसद र सन् २००८ मा एक मस्जिद नजिकै भएको घातक बम विस्फोटमा सहभागिताको आरोपमा अन्य छ जनालाई सफाइ दिएको छ ।
हिमाली जिल्ला ताप्लेजुङमा पनि डेङ्गुको सङ्क्रमण देखिन थालेपछि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको छ। डेङ्गु नियन्त्रणका लागि लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान बिहीबारदेखि सुरु गरिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले तुर्कमेनिस्तानको औपचारिक भ्रमण गर्नु हुने भएको छ । उहाँको भ्रमण २०८२ साउन १८ देखि साउन २३ गतेसम्म हुने तय भएकाे छ ।
दक्षिण कोरियाको एक अदालतले बिहीबार पूर्वराष्ट्रपति युन सुक योलका लागि नयाँ गिरफ्तारी वारेन्ट जारी गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाललीले खुसीका साथ हरेक साउन १५ मा खीर खाने वातावरण निर्माण गर्नुपर्ने बताउनुभएको छ।
उच्च हिमाली भूभागमा मात्र फल्ने स्याउ यहाँ पनि फल्न थालेपछि किसान फुरुङ्ङ भएका छन्। चारवर्ष अघि यहाँका किसानले मुस्ताङबाट स्याउका विरुवा ल्याएर परीक्षणका रुपमा लगाएका थिए।
चिनियाँ अनुसन्धानकर्ताहरूले सय–माइक्रोन स्केलको षट्कोणीय हीरा संश्लेषण गर्न सफल भएका छन् । यो मुख्यतः उल्कापिण्डहरूमा पाइने सामग्री हो र पृथ्वीमा पाइने सामान्य हीराभन्दा कडा छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भ गर्नुभएको छ ।