घोराही तुलसीपुर सडकखण्डको तुलसीपुर ६ मोतीपुर ओरालोमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कल्याणकारी राज्यका रूपमा आधारभूत मानव अधिकारका रूपमा खाद्य अधिकार सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ ।
जेनेभा, स्विट्जरल्याण्ड यही साउन १३ गतेदेखि १५ गते (२९–३१ जुलाई २०२५)सम्म भइरहेको संसद्का सभामुखको छैटौँ विश्व सम्मेलनमा सभामुख घिमिरेले संसद्को शत्ति डिजिटल पहुँच र जनविश्वासमा निहित रहेको बताउनुभयो ।
कञ्चनपुरमा खुकुरी प्रहारबाट १६ वर्षीय युवक गम्भीर घाइते हुनुभएको छ ।
रामपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित “हाम्रो रामपुर” पाठ्यपुस्तक निर्माण गर्न तयारी थालेको छ । स्थानीय पाठ्यक्रम लागु भएको दुई वर्षपछि पाठ्यपुस्तक निर्माण गर्न लागेको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले व्यक्तिगत कुरालाई लिएर पार्टी सङ्गठनभित्र असमझदारी बढाउन हुँदैन भन्नुभएको छ ।
पोखरा महानगरपालिकासँगको सहकार्यमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोग तथा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा पोखरामा सञ्चालित रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना अन्तरगत 'आरयु फेष्ट' गर्न लागिएको हो।
गोरखामा मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ ।
अछामको स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा पहिलो पटक महिला जिम्मेवारी पाउनुभएको छ । सामान्य प्रशासन मन्त्रालयले जिल्लाको मेल्लेख गाउँपालिकामा संगीता ताम्राकारलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकिएको छ ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले करिब १२ करोड रुपियाँको लागतमा अत्याधुनिक प्रशासनिक भवन र करिब १ करोड ५० लाख रुपियाँको लागतमा सुविधासम्पन्न स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न गरेको छ।
मानवसहित प्राणी जगतका लागि अति नै महत्त्वपूर्ण मानिने सिमसार क्षेत्र कैलालीमा मासिँदै गएको छ । सिमसारमा बढ्दो मानवीय गतिविधि र चरम दोहनले सिमसार क्षेत्र मासिदै गएको हो ।
स्याउ पाक्ने बेलामा बाटो बन्द हुँदा बाजुरामा स्याउ किसान अहिले चिन्तामा परेका छन् । जिल्लाको पूर्वी–उत्तर क्षेत्रको हिमाली, स्वामिकार्तिक खापर, जगनाथ र बुढीनन्दा लगायतका ठाउँमा स्याउ पाक्ने बेला भएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले थानकोट-चित्लाङ सडकको स्तरीकरणलाई गति दिन निर्देशन दिनुभएको छ । आज सो सडकको निरीक्षण पछि उहाँले काठमाडौँ जोड्ने छोटो मार्गका रूपमा रहेको थानकोट-चित्लाङ खण्ड आर्थिक विकास र समृद्धिको सहयोगी बन्ने बताउनुभयो ।
टीकापुर नगरपालिका–१ मा मात्रै पाँच हजार १२५ जनाले सुकुम्वासी र भूमिहीनको फाराम भरेका छन् । भूमि आयोगमार्फत जग्गा पाउन उनीहरूले टीकापुर नगरपालिका –१ वडा कार्यालयमा निवेदन दिएका छन् ।