एआईका केही सशक्त प्रयोगकर्ताले यसबाट उल्लेखनीय लाभ उठाउँदै छन् । स्याङ्जा पुतलीबजार–११, मायाटारीका २५ वर्षीय उबित अर्यालले एआईमा आधारित एप्स प्रयोग गरेर स्वादिलो कफी बनाउने कार्यमा जुटेपछि नेपालमा केही छैन भन्नेलाई गतिलो जवाफ भएको छ ।
टीकापुर नगरपालिका १ का विभिन्न शिविरमा रहेका भूमिहीन सुकुम्वासीहरुले टीकापुर नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘अतिवादी’ समूह वा त्यससँग सम्बन्धित वेब पेज, पुस्तक, कलाकृति वा म्युजिक एल्बम खोज्ने इन्टरनेट प्रयोगकर्तालाई जरिवाना गर्ने कानुनमा बिहीबार हस्ताक्षर गर्नुभएको छ।
धनुषाको विदेह नगरपालिका–७ हरबरास्थित खेतमा धान रोपाइका लागि बिउ उखेल्दै किसान रामेश्वर राय।
मधेश प्रदेशका गृहमन्त्री एवम प्रदेश सरकारका प्रवक्ता राजकुमार लेखीले मधेश प्रदेशमा जलवायु परिर्वतन, जलस्रोत संकट र त्यसबाट कृषि, जनजीवन र वातावरणमा परेको असरका सन्दर्भमा विकास साझेदार गैर सरकारी संघ सस्थाहरुसँग छलफल गर्नुभएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेशसभा बैठकबाट मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्नुभएको हो ।
उहाँले एनआरएनए स्पेनले सबैसँग समन्वय गर्दै आपसी सहकार्यमा अगाडि बढेकोमा प्रशंसा गर्दै, दोस्रो पटक बार्सिलोना आउन पाउँदा हर्षित भएको बताउनुभयो। लोकतन्त्र स्थापनापछि नेपाली समाजमा ठूलो परिवर्तन आएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “पहिले भाग्य मान्ने र चुप लाग्ने नेपाली, आज अधिकार खोज्न सिकेका छन्। लोकतन्त्रले नागरिकमा आत्मविश्वास भरेको छ।”
प्रा पुष्कर बज्राचार्य, मोहनदास मानन्धर र रोजन बज्राचार्यद्वारा लिखित पुस्तक ‘ट्रान्सफर्मिङ नेपालः ब्यालेन्सिङ ग्रोथ विथ इक्विटी’ पुस्तक विमोचन गरिएको छ ।
गृहमन्त्री रमेश लेखकसँग संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक हाना सिङ्गर हाम्दीले भेट गर्नुभएको छ ।
नागरिक उन्मुक्ति पार्टीले लालवीर चौधरीलाई अध्यक्ष बनाउने निर्णय गरेको छ।
सङ्खुवासभाको सिलिचोङ गाउँपालिकास्थित सिसुवा खोलामा निर्मित ४५ मिटर लामो पक्की पुल बिहीबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।
विपदपछि भूमिहीनको व्यवस्थापनमा जोड दिन आग्रह गरिएको छ ।
सिँचाइ सुविधा भएकाले यहाँ असार महिना भित्र किसानले धान रोपाइँ गरिसक्ने भएकाले अहिले फाँट हरियाली भएको छ । यो फाँट धान खेतका लागि उर्वर भूमि हो ।
म्यान्माको कायिन राज्यको हपा-अन बस्तीमा बाढीका कारण दुई हजार दुई सय ९८ घरपरिवारका कुल १० हजार तीन सय ९५ जनालाई २४ अस्थायी उद्धार आश्रयमा सारिएको सरकारी म्यान्मा रेडियो र टेलिभिजनले बुधबार राति जनाएका छन् ।
कञ्चनपुरमा बस्तीमा पसेको बाघको खोजीका लागी हात्ती परिचालन गरिएको छ । जिल्लाको बेलौरी नगरपालिका–९, रतनपुरमा बाघको खोजीका लागि हात्ती परिचालन गरिएको हो ।