नेपाल हेरिटेज रिकभरी क्याम्पेनको आयोजनामा ‘अनुपस्थित देवताहरू नेपालको हराएको सम्पदा’ प्रदर्शनी बिहीबार पाटन सङ्ग्रहालयमा सुरु भएको छ । प्रदर्शनीले विस्थापित धार्मिक मूर्तिहरूको स्मृति, पीडा र पुनस्र्थापनाको संवेदनशील कथा प्रस्तुत गरेको छ । परम्परागत मूर्तिको चोरी, विदेश पलायन र पुनस्र्थापनाका प्रयासलाई ऐतिहासिक प्रमाण, तस्बिर, र डिजिटल प्रविधिलाई प्रदर्शनीमा राखिएको छ । कलाकार क्रिस्टिना चित्रकारको अगुवाइमा भएको सो प्रदर्शनी साउन १५ देखि १९ गतेसम्म चल्ने छ ।
स्याङ्जाको फेदीखोला गाउँपालिकाले विद्यालयदेखि सरकारी कार्यालयसम्म कोदोको परिकार अनिवार्य गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
प्रधानमन्त्री केपी शर्मा ओलीले हिम्मत नहार्ने र भविष्यप्रति आशावान् युवा उद्यमीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न योगदान दिने बताउनुभएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर साधारणतया बदली रहने जनाएको छ । महाशाखाका अनुसार शुक्रबार दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका धेरै तथा तराई भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
सरकारले पहिलो पटक राष्ट्रिय कोदो दिवस मनाउन लागेको छ । ‘कोदोजन्य परिकारको आहार : खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारासाथ शुक्रबार कोदो दिवस मनाउन लागिएको हो ।
बिमालेखका प्रावधान सरल रूपमा नेपाली भाषामा हुनुपर्ने तथा बिमाप्रतिको विश्वास बढ्ने गरी काम गर्न आग्रह गरिएको छ । बिमाप्रतिको विश्वास बढ्ने गरी काम गर्नुपर्ने तथा बिमालेखका प्रावधान सरल रूपमा नेपाली भाषामा हुनुपर्ने सरोकारवालाको आग्रह छ ।
सप्तरीमा एक बालिकासँग सामूहिक बलात्कार भएको घटना बाहिरिएको छ । राजविराज नगरपालिका घर भएकी एक बालिकासँग जबरजस्ती करणी भएको घटना बाहिरिएको हो ।
सरकारले एक वर्षमा वैदेशिक रोजगारीका क्रममा मृत्यु, अङ्गभङ्ग, बिरामी तथा मृतकका आफन्त र अन्य कल्याणकारी कार्यका लागि एक अर्ब ८५ करोड १२ लाख रुपियाँ आर्थिक सहयोग गरेको छ ।
सङ्घीय संसदमातहतका विभिन्न चारवटा संसदीय समितिको बैठक बस्दैछ । निर्धारित समयअनुसार शुक्रबार कृषि, सकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ ८६ पैसा र बिक्रीदर १४० रुपियाँ४६ पैसा निर्धारण गरिएको छ ।
राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई/मधेश द्रुतमार्गको प्रगति सुस्त देखिएको छ । विसं २०८३ भित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको द्रुतमार्ग आयोजनाका लागि हालसम्म ८० अर्ब ५४ करोड रुपियाँ खर्च भइसकेको नेपाली सेनाले जानकारी दिएको छ ।
काठमाडौँका उपभोक्तालाई सहज रूपमा खानेपानी उपलब्ध गराउन काठमाडौँ उपत्यकाका विभिन्न दस स्थानमा पानीपोखरी निर्माण गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सत्ता गठबन्धनका शीर्ष नेताले चाहेमा मन्त्री फेरबदल हुन सक्ने बताउनुभएको छ । साउन १२ गतेको मन्त्रीपरिषद्का निर्णय सिंहदरबारमा सार्वजनिक गर्दै मन्त्री गुरुङले मन्त्री हेरफेर आवश्यकताका आधारमा हुने बताउनुभएको हो ।
करिब करिब अन्तिम चरणमा पुगेको विद्यालय शिक्षा विधेयकमा विवादित रहेका विषयमाथि पटक पटक छलफल भए पनि सहमति जुटेको छैन । जसकारण शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलमा रहेको उक्त विधेयक अघि बढाउन सकिएको छैन ।