सरकारले राष्ट्रिय परिचयपत्र सबै नागरिकलाई अनिवार्य गरेको छ ।
सर्लाहीको उत्तरवर्ती क्षेत्रस्थित ईश्वरपुर नगरपालिका–१२, घारिबथानमा सर्पले टोकेर महिलाको मृत्यु भएको छ ।
गुल्मीका विभिन्न स्थानहरुमा यति बेला चितुवाको आतङ्कले स्थानीयहरु त्रसित बन्दै गएका छन् । पहिले जङ्गलतिर मात्र देखा पर्ने चितुवा यतिबेला गाउँ र बस्तीमा छिरेर आतङ्क मच्चाएका छन् ।
नेपाल संयुक्त राष्ट्रसंघको प्रमुख अङ्गमध्ये एक आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को अध्यक्षमा पहिलो पटक निर्वाचित भएको छ ।
बाँके जिल्लामा अघिल्लो आर्थिक वर्ष २०८०–०८१ मा भन्दा गत आर्थिक वर्ष २०८१–०८२ काठ उत्पादनमा वृद्धि भएको छ । अघिल्लो आवमा तीन लाख ९८ हजार ६०८ दशमलव ७८ क्यु फिट काठ उत्पादन भएकोमा गत आवमा चार लाख पाँच हजार ९८ दशमलव ०५ क्यु फिट काठ उत्पादन भएको हो ।
गत जेठ २३ गते भिषण आगलागीबाट ध्वस्त भएको बाजुराको बुढीगङ्गा नगरपालिका –६ को बाम्का बजारको स्वरुप यती बेला फेरिँदै गएको छ ।
मानवबेचविखनको अत्यधिक जोखिममा रहेको नेपालगज्जस्थित जमुनाहा नाकाबाट गत एक वर्षको अवधीमा बेचविखनको उच्च जोखिममा रहेका ५७२ जना महिला तथा किशोरीको उद्धार गरिएको छ ।
श्रीमानले कोदालो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । श्रीमानले कोदालो प्रहार गर्दा गम्भीर घाइते भएकी २२ वर्षीया अनु राईको उपचारका क्रममा मृत्यु भएको हो ।
निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ ।
हेटौँडा उपमहानगरपालिका– १६ स्थित शिवम् सिमेन्ट उद्योगको कर्मचारी आवासमा आगलागी भएको छ । कर्मचारी आवास क्षेत्रमा करेन्ट सर्ट भई बिहीबार आगलागी भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
रौतहटको वन क्षेत्रमा सालको काठको अवैध तस्करी वृद्धि भएको जनगुनासो बढेपछि रौतहटका वन कर्मचारीले निगरानी बढाएका छन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीको जिल्ला अध्यक्ष पदमा त्रिपक्षीय प्रतिस्पर्धाका लागि तीन जनाले उम्मेदवारी दिने भएका छन् ।
मालपोत कार्यालय कास्कीले पोखरा महानगरपालिकामा पर्ने जग्गाको कित्ताकाट रोकेको छ । महानगरपालिकाले तोकिएको समयभित्र भूउपयोग वर्गीकरणको विवरण नबुझाएकाले कित्ताकाटसम्बन्धी सेवा बन्द भएको हो ।
नियमित वर्षा नहुँदा बागलुङका किसानले लगाएको धान खेती सुक्न थालेको छ । असारमा रोपिएको धानमा सिँचाइको अभावमा गह्रा फाट्ने, धान सुक्ने र केही ठाउँमा रोपाइँ नै गर्न नसक्ने भएपछि किसान चिन्तित बनेका छन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा कोदो रोप्दै गरेका किसान । जिल्लाको उच्च भूभागहरुमा किसानहरुले कोदो खेतीलाई निरन्तरता दिएका छन् ।