नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसको समग्र पक्षमा सुधार गर्नुपर्ने माग गर्दै नेपाल विद्यार्थी सङ्घले क्याम्पस प्रशासनको ध्यानकर्षण गराएको छ ।
विश्वमा पत्रकारिता तथा आमसञ्चार माध्यमको विकास भई जनमानसमा प्रभाव पार्न सफल भइसकेका बेला नेपालमा पत्रकारिताको आरम्भ भयो । जर्मनीका जोहानेस गुटेनवर्गले १५ औँ शताब्दीमै छापाखानाको आविष्कार गरे तापनि त्यस प्रकृतिको छापाखाना वि
वासिङ्टनसँगको अन्तिम वार्तापछि बङ्गलादेशले संयुक्त राज्य अमेरिकासँगको व्यापार वार्ताको नतिजालाई स्वागत गरेको छ ।
कञ्चनपुरमा बाघको खोजीका लागि निस्किएको हात्तीसहितको टोली बेलौरीबाट फिर्ता भएको छ ।
कैलालीको ग्रामीण क्षेत्रमा सर्पदंशको उपचार गर्न नगहर गुरुवाको भर पर्ने परिपाटी अझै कायमै छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शुक्रबार बागमती प्रदेश पूर्ण खोप घोषणा भएको छ ।
स्याङ्जामा रहेका पालिकाहरुले विपद् व्यवस्थापनमा सहकार्य सुरु गरेका छन् । जिल्लाका ११ वटै पालिकाले विपद् व्यवस्थापनको लागि पूर्व तयारी स्वरुप एक आपसमा सहकार्य गरेका हुन् ।
युक्रेनको किएभमा बिहीबार भएको रुसी क्षेप्यास्त्र र ड्रोन हमलामा तीन बालबालिकासहित २६ जनाको मृत्यु भएको युक्रेनको आन्तरिक मन्त्रालयले जनाएको छ ।
कृषि ज्ञान केन्द्र धनुषामा स्यालो ट्युबवेलका लागि आवेदन दिने किसानको भीड लागेको छ । कृषि ज्ञान केन्द्रले स्यालो ट्युबवेल जडानका लागि आवेदन माग गरेपछि निवेदन बुझाउने किसानको भीड लागेको हो ।
साउन यता यहाँका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको १५ दिनमा सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण देखिएको हो ।
शुक्रवार छायाँनाथ रारा नगरपालिका २ चैन गाउँमा रहेको छायाँनाथ मन्दिरमा रहेका शिवजीको गाथ (मूर्ती) पुजारीका साथ बाजागाजा र सुरक्षाकर्मीसहित जिल्लाको माथिल्लो भेगमा पर्ने मुगुमकार्मारोङ गाउँपालिका तथा साविकको डोल्फु गाविस को वनक्षेत्रमा पर्ने छायाँनाथ धाम तिर लगेपछि छायाँनाथ धामको तीर्थयात्रा सुरु भएको हो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेका टुके पुन मगरले व्यावसायिक रुपमा मुस्ताङको दहबुकी खर्कमा पालन गरेको भेडाका बथान बुकी पाटनका खर्क चर्दै । चरनका लागि भेडीगोठ बुकी पाटनखर्क पुर्याइएको हो।
संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले भारतको निरन्तर रुसी तेल आयातप्रति तीव्र निराशा व्यक्त गर्नुभएको छ ।
गुणस्तर तथा नापतौल कार्यालयले धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र रामेछापका दुई हजारभन्दा बढी उद्योगी तथा व्यावसायिक फर्मलाई जरिवानासहित कारबाही गरको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरणअनुसार गाजामा हजारौँको भोकमरीबाट मृत्यु हुने जोखिम रहेको चेतावनी दिएको छ ।