दोस्रो चरणको पेट्रोलियम पाइप लाइन परियोजनाको निर्माण सुरु भएको छ । बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पाइप लाइन विस्तार औपचारिक रूपमा सुरु भएको हो । तीन महिनालाई पुग्ने पेट्रोलियम भण्डारणगृह निर्माण गर्ने सरकारको लक्ष्य अनुसार पाइप लाइन विस्तारसँगै भण्डारणगृहको काम अघि बढेको हो ।
नेपालका दुई विकास साझेदारले ऋणको ब्याजदर बढाएका छन् । अर्थ मन्त्रालयका अनुसार बहुपक्षीय विकास साझेदार विश्व बैङ्क समूह र द्विपक्षीय विकास साझेदार जापानले सहुलियतपूर्ण ऋणको ब्याजदर बढाएका हुन् ।
सन् २०२५ को पहिलो सात महिनामा करिब साढे छ लाख पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ को जनवरीदेखि जुलाईसम्म छ लाख ४७ हजार ८८२ जना बाह्य पर्यटक नेपाल भित्रिएका हुन् ।
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ ७७ पैसा र बिक्रीदर १४० रुपियाँ ३७ पैसा निर्धारण गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधिको क्षेत्रमा रोजगारीको प्रशस्तै सम्भावना रहेको बताउनुभएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको थोरै उत्तरतर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपाल संयुक्त राष्ट्रसङ्घको प्रमुख अङ्गमध्ये एक आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को अध्यक्षमा निर्वाचित भएको छ ।
वर्तमान सरकार गठन भएको एक वर्ष व्यतीत हुँदा विकास निर्माणसँग सम्बन्धित राष्ट्रिय गौरवका आयोजनाका कामले गति लिन थालेका छन् । ‘थालेका काम सक्ने’ भन्ने प्रधानमन्त्री ओलीको सङ्कल्प र त्यस सङ्कल्पलाई कार्यान्वयनका लागि मन्त्री र सचिवहरूलाई विभिन्न समयमा उहाँले दिनुभएको निर्देशनसँगै प्रगति देखिन थालेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली आइतबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तुर्कमेनिस्तान प्रस्थान गर्नुहुने भएको छ । भूपरिवेष्ठित विकासशील देशहरूको (एलएलडिसी) तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान गर्न लाग्नुभएको हो ।
धनकुटाको महालक्ष्मी नगरपालिका–२ का यत्नबहादुर कटुवालको खेतमा धान रोप्दा यो पटक बेग्लै रौनक थियो । बर्खामा धान रोपाइँ गर्न सबै रोपाहार, बाउसे, जोताहा समस्या हुने गरेकामा यो पटक सो समस्या भोग्नु परेन । अझ उत्साहका साथ गाउँले भेला भए, खेत जोत्न, बाउसे गर्न, रोपाइँ गर्न सघाए । यो सबैको कारण थियो कटुवालले रोपाइँमा बेठी लगाउनु ।
बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटा अस्पताल भर्ना हुनुभएको छ । मुत्र प्रणालीमा संक्रमण भएपछि उहाँ बिहीबार काठमाडौंको ग्राण्डी इन्टरनेशनल अस्पताल भर्ना हुनुभएको हो ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा रहेको पाँचपोखरी प्राथमिक अस्पतालमा शुक्रबार ‘बागमती डिजिटल हेल्थ शुभारम्भ कार्यक्रम’ अन्तर्गत टेलिमेडिसिन सेवाको औपचारिक उदघाटन भएको छ ।
तराई मधेशका जिल्लामा पर्याप्त वर्षा नभएका कारण धेरैजसो खेतीयोग्य ठाउँहरुमा किसानले धान रोपाइँ गर्न नसकेको भन्दै किसानलाई राहत उपलब्ध गराउन माग गर्दै विपक्षीदलले मुख्यमन्त्री सतिशकुमार सिंहलाई १० बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समावेशी लोकतान्त्रिक चरित्रसहित नेपालका सबै जातजाति एकताबद्ध भएर अगाडि बढिरहेका बताउनुभएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गठन हुने तयारीमा रहेको मिडिया काउन्सिललाई सरकारबाट अलग राख्न नसकिने बताउनुभएको छ । आज प्रेस चौतारी नेपालसहित वरिष्ठ पत्रकारहरुसँग छलफल गर्दै मन्त्री गुरुङले सो कुरा बताउनुभएको हो ।