केही महिनाअघि शारदाले बैंकक जाने बेलामा त्यहीँकी साथीलाई सोधिन्– के ल्याइदिउँ ? उनकी साथीले भनिन्, “मेरी आमा ८६ वर्षकी हुनुहुन्छ, उहाँ लामो समयदेखि बिरामी हुनुहुन्छ । उहाँले खान मिल्ने पौष्टिक खाद्य पदार्थ केही भए ल्याइदेऊ ।”
कोदो एक पोषणयुक्त र रोगप्रतिरोधी अन्न बाली हो, जसले नेपाल, भारत, अफ्रिका र दक्षिणपूर्व एसियामा खाद्य सुरक्षा र आर्थिक अवसर सिर्जना गर्दै आएको छ । कोदो जलवायु अनुकूलित बाली हो । यसले बर्सातको समयमा माटोको संरक्षण गर्छ ।
सप्तरीमा सिँचाइ सुविधाका लागि केही वर्षअघि गाडिएका ४३ वटामध्ये २३ वटा डिप ट्युबवेल अझै सञ्चालनमा आउन सकेका छैनन् । जिल्लामा विभिन्न पालिकाहरुमा ती ट्युबवेल गाडिएको छ । सप्तरीको विभिन्न पालिकामा जडान गरिएको डिप बोरिङ लामो समय बितिसक्दा पनि सञ्चालन हुन सकेको छैन ।
लहान नगरपालिका– २४ खेसराहामा खानेपानीको हाहाकार भएपछि शुक्रबारदेखि ट्याङ्कीबाट खानेपानी वितरण सुरु गरिएको छ ।
कञ्चनपुरकी २८ वर्षीय युवती कमला आउजीको असार २८ गते सर्पदंशको कारण छाउगोठमा मृत्यु भयो । मृत्युको समाचार प्रायः मिडियाको कभरेजभित्र प¥यो । केही दिनअघिको यो समाचारले अन्धविश्वासको स्तर र नारीमाथिको प्रताडना स्पष्ट हुन्छ ।
नेपाली रङ्गमञ्चको मूल जरा नेपालको मौलिक लोकसंस्कृति, धार्मिक आस्थासँग जोडिएको छ । किराँत, नेवार, मगर, थारू जस्ता आदिवासी जातिहरूका देवता आराधना, संस्कार र चाडपर्वसँग सम्बन्धित लोकनाट्यले नेपाली भूमिमा नाटकीय संस्कृतिको बीजारोपण गरे ।
ताप्लेजुङमा धारिलो खुकुरी प्रहरी गरी भाइको हत्या गरेको आरोपमा दाजु पक्राउ परेका छन् । प्रहरीका अनुसार आठराई त्रिबेणी गाउँपालिका–४ चाँगे, आहालेका २२ वर्षीय मनकुमार विकले भाइ रोसन विकको हत्या गरेको आरोपमा पक्राउ परेका हुन् ।
बाँदर आतङ्क नरोकिएसम्म कोदो खेतीमा आत्मनिर्भर बन्न नसकिने तनहुँका किसानहरुको गुनासो छ । राष्ट्रिय कोदो दिवसको उपलक्ष्यमा व्यास नगरपालिकाले शुक्रबार दमौलीमा गरेकोे सचेतना कार्यक्रममा गुनासो गरेका हुन् ।
चलचित्र ‘चिठीको गीत ‘सिन्दूरको रङ’ सार्वजनिक गरिएको छ । एरा प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको यो चलचित्रलाई निर्देशक माधवराज खरेलले निर्देशन गर्नुभएको हो । गीत भावनात्मक मेरुदण्ड हो, जसमा विवाह, विश्वास, समर्पण र महिलाको मौन सङ्घर्ष तथा आफ्ना पतिप्रतिको आस्था र विश्वासलाई विम्बित गर्न खोजिएको छ ।
अग्रज साहित्यकार तथा पत्रकार विजय चालिसे कीर्तिशेष हुनुभएको दुई महिना पारेर श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । रामहिटी, बौद्धमा २१ वटा साहित्यिक संस्थाको संयोजन गर्दै साहित्य सदनले आयोजना गरेको उक्त श्रद्धाञ्जली सभामा विभिन्न वक्ताले चालिसेका योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धा अर्पण गरेका थिए ।
नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षका अवसरमा चीनको युनान प्रान्तको कुनमिङ्गस्थित युआनोथोङ बिहारमा नेपाली बुद्ध मूर्ति स्थापना गरिएको छ । एक हजार दुई सय वर्ष पुरानो सो बिहारमा स्थापित सुनको लेपन गरिएको ७० किलोको बुद्ध मूर्ति नेपाल–चीन कार्यकारी परिषद् उपहारस्वरूप प्रदान गरेको हो ।
जीवनमा धेरै कुरा अनिश्चित भए पनि मृत्यु भने अटल सत्य हो । तर, केही व्यक्तित्व यस्ता हुन्छन्, जसको जीवनको अन्त्यले होइन, उहाँले गरेका कर्मले समाजमा अमिट छाप छोड्दछ । यस्ता महान् व्यक्तित्वमध्ये एक हुन, क्रान्तिकारी किसान नेता भीमदत्त पन्त ।
‘कोदोजन्य परिकारको आहार : खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ नाराका साथ विविध कार्यक्रम गरी देशव्यापी रूपमा पहिलो कोदो दिवस मनाइएको छ । सरकारले कोदोजन्य बालीको आयात रोक्न र उत्पादन बढाउन पहिलो पटक साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने घोषणा गरेको थियो ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षाका लागि गुल्मीमा तीन विद्यालमा परीक्षा केन्द्र तोकिएको छ ।
गुल्मीको सत्यवती गाउँपालिका–६, जोहाङ पिपलनेटाकी ४० वर्षीय सरिता ढकाल अब गाईपालनको सुरमा हुनुहुन्छ ।