सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गठन हुने तयारीमा रहेको मिडिया काउन्सिललाई सरकारबाट अलग राख्न नसकिने बताउनुभएको छ । आज प्रेस चौतारी नेपालसहित वरिष्ठ पत्रकारहरुसँग छलफल गर्दै मन्त्री गुरुङले सो कुरा बताउनुभएको हो ।
बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढेको छ। नेपाल आयल निगमले आज लोथरमा परियोजनाको फिल्ड कार्यालय स्थापना गरेर दोस्रो चरणको पेट्रोलियम पाइपलाइन विस्तारको काम शुभारम्भ गरेको हो।
बौद्धनाथ क्षेत्र विकास समितिले यस वर्षदेखि आचार्य पद्मसम्भव (गुरु रिन्पोछे) को जन्मोत्सव मनाउने निर्णय गरेको छ । जन्मोत्सव साउन १९ गते काठमाडौंमा भव्य रुपमा मनाउने समितिले तयारी थालेको जनाएको छ ।
गायक श्रीकृष्ण आले र गायिका शान्तारानी परियारको स्वर रहेको नखरा बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले पार्टी फुटाउने नेताहरूलाई अहिले पश्चाताप भइरहेको बताउनुभएको छ ।
आमसञ्चार तथा पत्रकारिता क्षेत्रका विज्ञहरूले मिडिया काउन्सिल विधेयकका कतिपय प्रावधान संशोधन गर्नुपर्नेमा जोड दिएका छन् ।
सुक्खा र पानी अभावका कारण उत्पन्न सङ्कट समाधान गर्न मधेस प्रदेशका प्रमुख प्रतिपक्षी दलहरूले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।
कास्कीको पोखरा महानगरपालिकाका ताललाई आपसमा जोड्ने महत्वाकांक्षी ‘लेक टु लेक’ साइकल ट्रयाक निर्माणको गुरुयोजना तयार भएको छ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ वस्तीपुरमा शुक्रबार दिउँसो रुखले किचेर दुई जना बालकको मृत्यु भएको छ। अन्य तीन जना घाइते भएका छन्।
बारीभरि कोदो रोपाहार, मेलोको काम गर्ने व्यक्ति र खेती लगाउँदा गाउँने गीतमा रमाइरहेका छन्। कृषि ज्ञान केन्द्र गुल्मी र इस्मा गाउँपालिका–३ वडा कार्यालयको समन्वयमा कोदो महोत्सव सम्पन्न गरिएको छ।
दक्षिण कोरियाका महाभियोग लगाइएका पूर्वराष्ट्रपति युन सुक योलले आफ्नो कारागारको कोठामा ‘अन्डरवियर’मा भुइँमा पल्टिएर सोधपुछको प्रयासको प्रतिरोध गर्नुभएको अभियोजकहरूले शुक्रबार बताएका छन् ।
सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले यस वर्षदेखि हुलाक टिकट सञ्चार मन्त्रालय अन्तर्गत प्रकाशन गरिने बताउनु भएको छ ।
पर्यटकीय नगरी पोखरामा अवस्थित फेवातालमा बोटिङमा रमाउँदै पर्यटक । गर्मी बढेसँगै फेवातालमा बोटिङ गर्ने पर्यटकको सङ्ख्यामा बढेको छ ।
म्याग्दीको बेनी नगरपालिकाले किसानलाई उत्पादनमा आधारित अनुदान वितरणका लागि प्रक्रिया सुरु गरेको छ ।
आर्थिक वर्ष २०८१/८२ मा सामुदायिक वनले छ करोड ३९ लाख ५० हजार र निजी तथा आवादी वनले चार करोड ३१ लख रुपियाँकोे काठ बिक्री गरेको डिभिजन वन कार्यालय अर्घाखाँचीले जनाएको छ ।