नेपाल विद्युत प्राधिकरणले ट्रान्सफर्मर जडान गरिदिँदा खडेरीको मारबाट पिल्सिएका किसानलाई सिँचाइ गर्न सहज भएको छ । नेपाल विद्युत प्राधिकरण राजविराजले जिल्लाको विभिन्न स्थानमा नयाँ ट्रान्सफर्मर जडान गरिदिँदा बन्द अवस्थामा रहेका डिप बोरिङहरु पुनः सञ्चालनमा आएपछि किसानहरुलाई खेतमा सिँचाइ गर्न सहज भएको हो ।
समकालीन नेपाली साहित्य र साहित्यकारप्रति बिपी कोइरालाको दृष्टिकोण बुझ्न खोज्ने साहित्यप्रेमी पाठकबिच लेखक गिरिराज आचार्यले ‘बी.पी. कोइरालाका साहित्यिक विचारहरू’ को तेस्रो संस्करण ल्याउनुभएको छ । जम्मा ४० (पहिलो खण्डमा २५ र दोस्रोमा १५) वटा शीर्षक समेटिएको यो पुस्तक अत्यन्त रोचक र पठनीय छ ।
मुग्लिङदेखि नागढुङ्गासम्ममा हुँदै गरेको सडक विस्तारपछि बाटो काट्नका लागि सजिलो बनाउन निर्माण गर्ने भनिएको आकासे पुल निर्माणको काम अनिश्चित भएको छ । नागढुङ्गा–मुग्लिङ सडक पश्चिम खण्ड र नागढुङ्गा–मुग्लिङ
शनिबार मधेश प्रदेशका केही जिल्लाहरुमा भारी वर्षा भएको छ । पछिल्लो २४ घण्टामा मधेशका केही जिल्लाहरुमा भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उराँव भाषा
खराब कर्जा भनेको भए रक्सी कर्जा भन्ने बुझिन्थ्यो तर यहाँ खराब कर्जा भनिएको छ त्यसैले दूषित कर्जाको सेरोफेरोमा हामी रुमलिने छौँ । खराब र दूषितको सम्बन्ध नङ र मासुको जस्तै हुन्छ ।
ताप्लेजुङमा मादक पदार्थ सेवन (मापसे) गरेका एक सवारी चालकले सहचालकलाई धारिलो हतियार चक्कु प्रहार गरेका छन् ।
नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकामा करिब १३ करोडको लागतमा प्रशासनिक भवन र प्रसुति भवन निर्माण भएका छन् ।
झन्डै तीन दशकपछि आफू जन्मेको ठाउँमा पुग्दा मलाई अवर्णनीय आनन्द अनुभूति भयो ।
मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुली खण्ड शनिबार बिहानैदेखि अवरुद्ध भएको छ । सडकमा पहिरो र लेदो थुप्रिएपछि लोकमार्ग अवरुद्ध भएको हो ।
सुदूरपश्चिम प्रदेशको उत्तर पश्चिम सीमान्तमा पर्ने अपि हिमालसँग सौन्दर्यको अथाह खानी छ । अगाडि मझौला कालो पहाडको कभर लगाएर पछाडि ७१०० मिटर अग्लो उभिएको अपि हिमालको थाप्लो र मुहारमा जब घामले प्रीति गाँस्छ, एकाएक पर्दा खोली अद्भुत सौन्दर्यको उद्घाटन गरे झैँ लाग्छ ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका– ५, बण्डाखोला जितपुरका १६८ घरपरिवारले जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) पाएका छन् ।
इस्मा गाउँपालिका–३ दर्लामचौरका ७१ वर्षीय तेजबहादुर विकले उमेरमा हुद्ध (कोदो रोप्दा गाउने गीत) गाउनुहुन्थ्यो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
नता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीको निर्वाचन कार्यतालिका परिवर्तन भएको छ । साउन १७ गते शनिबार हुने भनिएको मतदान आइतबार १८ गते हुने गरी निर्वाचन कार्यतालिका परिवर्तन भएको हो ।