यस वर्ष वर्षा कम भएसँगै सिँचाइको अभावका कारण खेतमा धानभन्दा झार फस्टाएकाले किसानले धान गोड्मेलमा सास्ती भोग्नुपरेको छ ।
यहाँको धनगढी उपमहानगरपालिका–७, देवरीयाका पाँच जनाको महिला समूहले दुना–टपरी बनाएर आत्मनिर्भर बनेका छन् । स्थानीय सीता चौधरी, कमला चौधरी, भुलिया चौधरी, विनिता रेग्मी र सविता चौधरीले दुई वर्षदेखि देवरियामा ‘जाखौरबाबा महिला विकास दुना टपरी उद्योग’ सञ्चालन गर्दैआएका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार मिडिया क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ ।
अर्घाखाँचीमा १० करोड ७१ लाख २९२ रुपियाँको काठ बिक्री भएको छ । आर्थिक वर्ष २०८१–८२ मा सामुदायिक वनले ६ करोड ३९ लाख ५० हजार र निजी तथा आवादी वनले चार करोड ३१ लख रुपियाँकोे काठ बिक्री गरेको डिभिजन वन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
गुल्मीको प्रसिद्ध धार्मिकस्थल रेसुङ्गामा एक महिने साउने मेला सुरु भएको छ । मेलाकै अवसरमा रेसुङ्गा संरक्षण समितिले भक्तिसङ्गीत प्रतियोगीता आयोजना गरेको छ ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५, स्थित बुङदोलमा एक श्रीमानले श्रीमतीको हत्या गरेका छन् । ससुराली घरमा बस्दै आएका ४५ वर्षीय मानबहादुर शिवभक्तिले श्रीमतीको हत्या गरेका हुन् ।
मुस्ताङ बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–२, पुटाकका एक युवा तीन दिनदेखि बेपत्ता भएका छन् । घरबाट खुर्पानी बेच्न रानीपौवा, मुक्तिनाथ क्षेत्रमा जानुभएका ३२ बर्षिय ढावा छिरिङ गुरुङ साउन १४ गते बिहानदेखि बेपत्ता भएको परिवारका सदस्यले जनाएका छन् ।
धर्मदेवी नगरपालिका–९, मुलगाउँबाट दमक जाँदै गरेको बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् । बा. २ प. ७२४४ नम्बरको बस सङ्खुवासभा र तेह्रथुमको सिमानामा पर्ने लालीगुराँस नगरपालिका –१ स्थित देउराली घुम्तीमा सडकदेखि करिब १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।
नेपालगन्ज उपमहानगरपालिकाले विपद् जोखिम न्यूनीकरणका लागि मुख्य पुरानो बजार क्षेत्रका नौ वटा वडाको विपद् जोखिम तथा क्षमता नक्साङ्कनको काम सम्पन्न गरेको छ ।
बेनीमा कलात्मक शैलीमा यात्रु प्रतिक्षालय (फल्चा) निर्माण गरिएको छ । सामाजिक जमघट र विश्रामस्थलका लागि सदरमुकाम बेनी बजारस्थित पुस्तकालय चोकमा परम्परागत शैलीमा प्रतिक्षालय (फल्चा) निर्माण गरिएको हो ।
कैलालीमा सेकुवा सेन्टरमा कार्यरत एक युवतीको चक्कु प्रहार गरेर हत्या गरिएको छ। कैलालीको बर्दगोरिया गाउँपालिका १ मा रहेको राजधानी सेकुवा एन्ड मःमः सेन्टरमा कार्यरत बर्दगोरिया गाउँपालिका ३ कि १७ वर्षीया याचना सेजवालको चक्कु प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ ।
नवलपुरको गैँडाकोट नगरपालिका–१४, नगरटाँडीस्थित भित्री सडकबाट २० मिटर तल खोल्सामा खसेर एक जनाको मृत्यु भएको छ ।
इरानले आफ्नो नयाँ प्रशासनिक व्यवस्थाको भागको रूपमा ‘रक्षा परिषद्’ स्थापना गर्ने तयारी गरिरहेको समाचार एजेन्सीले शुक्रबार जनाएको छ ।
लमजुङमा पूर्वाधार विकास कार्यालयले यातायात सेवा प्रवाहबाट एक वर्षको अवधिमा चार करोड ६६ लाख ५८ हजार सात सय ७० रुपियाँ राजस्व सङ्कलन गरेको छ ।
राहतकर्मीहरूले गाजामा झण्डै दस हजार भोकमरी पीडित परिवारलाई खाद्यान्न किन्नका लागि नगद सहयोग दिएका छन् । तर, बजारमा खाद्यान्न कम भएका कारण उनीहरूलाई खरिद गर्न कठिनाइ भएको छ ।