संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले कर्मचारी प्रशासनको संक्रमणकाल चाँडै अन्त्य हुने बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा शनिबार जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा ट्रेड युनियनका पदाधिकारीहरुसँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री न्यौपानेले संघीय निजामती ऐन जारी भएपछि कर्मचारी प्रशासनमा रहेको संक्रमणकाल अन्त्य हुने बताउनुभएको हो ।
डा. तारानाथ घिमिरे ‘धुर्कापानी’को गीत र वरिष्ठ गायक तथा सङ्गीतकार विष्णु अधिकारको स्वरसङ्गीतमा सिर्जित ‘दिनमा पनि रातमा पनि’ बोलको गीत सार्वजनिक भएको छ ।
धरान स्पोर्ट्स अवार्ड–२०८२ उत्कृष्ट वर्ष खेलाडी पुरुषतर्फ सितेरियो करातेका साहिल राई र महिलातर्फ करातेकै वर्षा राईले पाउनुभएको छ ।
पाँचथरको फाल्गुनन्द-१ र फिदिम-६ को सङ्गम स्थलमा रहेको तिजोक क्षेत्र पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ।
सरस्वती ज्ञवालीको संस्मरण पुस्तक क्षितिज आमा र धरतीको लोकार्पण गरिएको छ । काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा सो पुस्तकको लोकार्पण गरिएको हो ।
नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रालय योजनाबद्ध रूपमा जनताको चाहनाअनुसार अगाडि बढिरहेको बताउनुभएको छ ।
चार दिनअघि नारायणी नदी पुलबाट हाम फालेर बेपत्ता भएका गैडाकोट–२, कुसुमघाट निवासी १५ वर्षीय किशोर आदेश श्रेष्ठको शव फेला परेको छ ।
लामो खडेरीपछि शुक्रबारदेखि मौसममा देखापरेको परिवर्तनले किसानलाई राहत दिएको छ । बर्दीबास लगायतका चुरे भेगमा शुक्रबार राति यो वर्षकै ठुलो पानी परेको बताइएको छ ।
पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले मधेशलाई बचाउन चुरेमा जलसञ्चय र भण्डारण गर्नुपर्ने बताउनुभएको छ।
। थारू समुदायका अगुवाले अट्वारी पर्वको बिदाको मिति सच्याउन माग गरेका छन्। अट्वारी पर्वको अवसरमा प्रदेश सरकारले गलत तिथिमा बिदा दिएको भन्दै उनीहरुले मिति सच्याउन माग गरेका हुन।
हरितालिका तिज आउन महिना बाँकी रहँदै धरानमा तिजको रमझम सुरु भएको छ। पहिले गाउँघरमा विवाह गरी गएको दिदीबहिनीलाई माइतमा बोलाई दर खुवाउने प्रचलन रहे पनि आजभोलि गाउँघरदेखि सहरबजारसम्म तिजको स्वागतका लागि दर खाने, नाचगान गर्ने, मेहेन्दी लगाउनेजस्ता कार्यक्रम आयोजना हुन थालेको हो ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार शनिबार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवास पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग भेट गर्नुभएको हो।
खेलकुद पत्रकार विष्णु थापाद्वारा लिखित ‘खेलाडी : सङ्घर्षदेखि सफलतासम्म’ पुस्तक विमोचन भएको छ । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले शुक्रबार एक कार्यक्रमबिच विमोचन गर्नुभयो ।
दक्षिण अफ्रिकाको उत्तर-पूर्वी क्षेत्रमा रहेको सुन खानीहरूमा काम गरिरहेका करिब एक हजार अवैध आप्रवासी मजदुरहरू पक्राउ परेका छन् ।
आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले बोलबम संस्कृतिले नेपाली समाजलाई प्रगाढरूपमा जोड्दै गरहेको बताउनुभएको छ। बोलबम संस्कृतिको सरकारले जर्गेना गर्नुपर्नेमा उहाँले जोड दिनुभएको हो।