• १७ साउन २०८२, शनिबार

बोलबम संस्कृतिले नेपाली समाजलाई जोडेको छ : प्रभु साह

blog

भोलेनाथ बोलबम कावरिया सङ्घद्वारा आयोजित कार्यक्रममा सहभागी आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहलगायत ।

काठमाडौँ, साउन १७ गते। आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले बोलबम संस्कृतिले नेपाली समाजलाई प्रगाढरूपमा जोड्दै गरहेको बताउनुभएको छ। बोलबम संस्कृतिको सरकारले जर्गेना गर्नुपर्नेमा उहाँले जोड दिनुभएको हो। 

भोलेनाथ बोलबम कावरिया सङ्घद्वारा शनिबार काठमाडौँको कालिमाटीमा आयोजित बोलबम विशेष समारोहलाई सम्बोधन गर्दै अध्यक्ष साहले समाजलाई एकताबद्ध गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बोलबम संस्कृतिको सरकारले संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको हो। 

उहाँले हिन्दु धर्मावलम्बीले नै हिन्दु धर्म, संस्कृति जोगाएको बताउनुभयो। नेपालको विभिन्न शिवालयमा साउन महिनामा बोलबम काँवरियाले विशेष पुजापाठ गर्दै आइरहेको बताउदै उहाँले त्यसका लागि सरकारले समेत यस्तो बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो। 

भोलेनाथ बोलबम कवरिया सङ्घका अध्यक्ष राजकुमार साह कलवारको अध्यक्षतामा भएको कार्यक्रममा सन्तोष अग्रवाल, त्रिभुवन साह, विपिन जयसवाल, चन्द्रभुषण साह लगायतको सहभागिता रहेको थियो।