प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अब आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प नभएको बताउनुभएको छ।
राष्ट्रिय सभाबाट ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन), अध्यादेश’, २०८१ स्वीकृत भएको छ ।
धरान उपमहानगरपालिकामा तीन राउन्ड हवाई फायर गरेर दुई सय २५ केजी गाँजा नियन्त्रणमा लिएर एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप परीक्षण (ट्रायल)का लागि लगाउने भन्ने भनाइमा कुनै पनि सत्यता नरहेको स्पष्ट पार्नुभएको छ ।
कोशी प्रदेश सरकारका प्रमुख सचिव केदारनाथ शर्माले नागरिकको गुनासो सम्बोधन गर्न सञ्चालनमा ल्याइएको ‘हेलो सरकार’ एपबाट जनता उत्साहित भएका बताउनुभएको छ ।
भरतपुर अस्पतालमा मुटुका बिरामीको उपचारका लागि क्याथल्याब सञ्चालनको तयारी गरिएको छ । आगामी चैतभित्रमा काम सम्पन्न हुनेगरी उपकरण जडान भइरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिजको बिहीबार उद्घाटन गर्नुभएको छ। महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा आयोजित कार्यक्रमबीच प्रधानमन्त्री ओलीले सो उद्योगको उद्घाटन गर्नुभएको हो।
नेपाली साङ्गीतिक क्षेत्रका चर्चित कलाकारको उपस्थितिमा अस्ट्रेलियामा होली कार्यक्रम हुने भएको छ।
राष्ट्रिय सभाबाट सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत भएको छ । बुधवारको राष्ट्रिय सभा बैठकले अध्यादेश स्वीकृत गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले अत्यावश्यक परेका बेला अध्यादेश ल्याउन सक्ने भन्दै संवैधानिक व्यवस्थाअनुसार अध्यादेश आएको बताउनुभएको छ ।
चापाकोट नगरपालिका –२ मा रहेको गण्डकी ग्रामीण सामुदायिक अस्पताल डेढ वर्षदेखि बन्द अवस्थामा छ । २०६६ सालमा नागरिकको स्वास्थ्य सेवा दिने उद्देश्यले स्थापना भएको अस्पताल बन्द अवस्थामा पुगेको हो ।
चालु आर्थिक वर्षको सात महिनामा पाल्पामा एउटै वडाबाट डेढ करोड रुपियाँ बढीको खसी तथा बोका बिक्री भएका छन् । गत साउनदेखि माघ मसान्तसम्ममा निस्दी गाउँपालिका –५, गल्धाका कृषकले एक करोड ६१ लाख ६४ हजार ३ सय ४९ रुपियाँ बराबरको खसी बोका बिक्री गरेका हुन् ।
जिल्लाको सुकेटार विमानस्थलमा पछिल्लो समय हवाई सेवा ठप्प हुँदा यात्रु समस्यामा परेका छन् । सुकेटार विमानस्थलमा उडान हुने नेपाल वायु सेवा निगमका दुईवटा जहाजमा समस्या आएपछि मङ्सिर अन्तिम सातादेखि नियमित उडान बन्द भएको हो ।
प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक २०८१ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । बुधबार प्रतिनिधिसभा बैठकबाट पाँच अध्यादेश स्वीकृत भएको थियो ।
राष्ट्रिय सभा र प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आजको राष्ट्रियसभा बैठकमा सरकारले ल्याएको पाँचवटा अध्यादेश निर्णयार्थ पेश हुनेछन् । हिजो प्रतिनिधिसभा बैठकबाट ती अध्यादेशहरु स्वीकृत भएका थिए ।