नवलपुरको गैँडाकोट नगरपालिका–१४, नगरटाँडीस्थित भित्री सडकबाट २० मिटर तल खोल्सामा खसेर एक जनाको मृत्यु भएको छ ।
इरानले आफ्नो नयाँ प्रशासनिक व्यवस्थाको भागको रूपमा ‘रक्षा परिषद्’ स्थापना गर्ने तयारी गरिरहेको समाचार एजेन्सीले शुक्रबार जनाएको छ ।
लमजुङमा पूर्वाधार विकास कार्यालयले यातायात सेवा प्रवाहबाट एक वर्षको अवधिमा चार करोड ६६ लाख ५८ हजार सात सय ७० रुपियाँ राजस्व सङ्कलन गरेको छ ।
राहतकर्मीहरूले गाजामा झण्डै दस हजार भोकमरी पीडित परिवारलाई खाद्यान्न किन्नका लागि नगद सहयोग दिएका छन् । तर, बजारमा खाद्यान्न कम भएका कारण उनीहरूलाई खरिद गर्न कठिनाइ भएको छ ।
डिभिजन वन कार्यालय कञ्चनपुरले जिल्लास्थित एक पालिकाले अवैधरूपमा जङ्गली जनावर चित्तल पालन गर्दे आएको भन्दै छानबिन गर्न निर्देशन दिएको छ ।
जनता समाजवादी पार्टी नेपाल सप्तरीको अध्यक्षमा उमेशप्रसाद यादव र केदारप्रसाद यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
शनिबार बाढी र पहिरोका कारण देशभरका विभिन्न स्थानमा राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बिहान १० बजे सार्वजनिक गरेको विवरणअनुसार देशका ५ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
गण्डकी प्रदेशको ‘लाइफलाइन’मानिएको बेनी–जोमसोम–कोरला सडक खण्डअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–४, घोप्टेभिरमा माथिबाट सुख्खा पहिरोले सडक अवरुद्ध भयो । शनिबार बिहान मर्मपछि एकतर्फी सञ्चालनमा आएको छ ।
रूपन्देहीको सैनामैना नगरपालिका अन्तर्गत रहेको पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबमधाममा जलार्पण गर्ने तीर्थयात्रीको घुइँचो लागेको छ ।
बेनी नगरपालिका-२ मा रहेको पर्यटकीयस्थल लभ्लीहिलमा स्थानीय युवाहरूले सरसफाइ गरेका छन् । पर्यटकहरूले फालेको फोहोरले लभ्लीहिल कुरूप बनेपछि शनिबार बिहान ५० जना युवाहरु मिलेर सरसफाई गरेका हुन ।
वालिङ नगरपालिकाले नगरभित्र व्यावसायिक कृषि गर्दै आएका किसानलाई उत्पादनमा आधारित प्रोत्साहन अनुदान वितरण गरेको छ । विभिन्न खेती गर्दै आएका २३६ किसानलाई नगरपालिकाले गत आवको बजेट अन्तर्गत ३० लाख रुपियाँ बराबरको प्रोत्साहन अनुदान प्रदान गरेको हो ।
बाघ संरक्षणसँगै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा देशकै कान्छो बाँके राष्ट्रिय निकुञ्जले उल्लेखनीय सफलता हासिल गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक वर्षमा गुल्मीका स्थानीय तहका झण्डै डेढ सय उजुरी कायम रहेको पाइएको छ ।
कर्णाली कोरिडोरको हुम्ला खण्डको सलीसल्लादेखि सदरमुकाम सिमकोटसम्मको ५० किलोमिटर दुरीमा छ वटा नयाँ पक्की पुल निर्माण गरिने भएको छ । खोलाहरूको दुरी लामो भएका कारण कलभर्टले काम गर्न नसक्ने निष्कर्ष निकाल्दै पक्की पुल निर्माण गर्न लागिएको हो ।
कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरको शान्तिसुरक्षालाई ख्याल गर्दै चालु आर्थिक वर्षमा ३५५ वटा सिसी क्यामेरा जडान गर्ने तयारी गरिएको छ ।