सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ ।
भारतको बथनाहा रेलवे स्टेसनबाट मोरङको कटहरी (महेशपुर) सम्मको रेलमार्गमध्ये नेपालतर्फको निर्माण तयारी थालिएको छ ।
राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलायन्स) को छैटौँ राष्ट्रिय महाधिवेशनले विदुर सुवेदीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।
जनकपुरबाट आएको बुद्ध एयरको एउटा विमान पाङ्ग्रा बिना नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरेको छ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा केन्द्रिकृत रुपमा कक्षा ८ को वार्षिक परीक्षा सुरु भएको छ। फक्ताङ्लुङ गाउँपालिकास्तरीय कक्षा ८ अर्थात आधारभूत तह उत्तीर्ण परीक्षा २०८१ बिहीबारदेखि सुरू भएको हो।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ डिएमगेटमा बिहीबार साँझ बोलेरो गाडीको ठक्करबाट दिदीबहिनीको घटनास्थलमै मृत्यु भएको छ।
डडेलधुराको पर्शुराम नगरपालिकामा आयोजित ‘पर्शुराम साहित्य महोत्सव’को आज उद्घाटन गर्दै गृहमन्त्री लेखकले राजतन्त्र फर्किने सम्भावना नरहेको बताउनुभयो । जनताको स्वतन्त्राताको कुनै विकल्प नरहेको उल्लेख गर्दै उहाँले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताउनुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न छ मुलुकका नवनियुक्त गैरआवासीय राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ । राष्ट्रपति भवन शितल निवासमा बिहीबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उहाँहरुले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
गण्डकी प्रदेश सभाको बिहीबार भएको सातौं अधिवेशन अन्तर्गतको चौथो बैठकमा चार विधेयक पेश भएका छन्। सभामा उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले ‘गण्डकी प्रदेश औद्योगिक व्यवसायी ऐन’लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा लैजाने प्रस्ताव पेश गर्नुभयो।
दस किलो लागुऔषध चरेससहित नेपाल भारत सीमा पारी रुपैडिहाबाट एक नेपाली नागरिक पक्राउ परेका छन्।
पर्वतारोहणको क्षेत्रमा विश्व कीर्तिमान कायम गर्नुभएका पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ लाई बिहीबार म्याग्दीको बेनीमा सम्मान गरिएको छ।
मधेश प्रदेशको राजधानी जनकपुरधामसँग नजिक रहेको धनुषाको क्षिरेश्वरनाथ नगरपालिका –१ मा निर्माण भएको अत्याधुनिक वाटरपार्क शुक्रबारदेखि सञ्चालन हुन लागेको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल रेडक्रस कैलाली शाखालाई प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ।
चीनको अर्थतन्त्रले अन्तर्राष्ट्रिय परिवेशमा बढ्दो ‘अनिश्चितता’का साथै अपर्याप्त आन्तरिक मागको सामना गरिरहेको एक उच्च वित्तीय अधिकारीले बिहीबार बताउनुभएको छ ।
नारी दिवसको अवसरमा बिहीबार स्रष्टा सम्मान र लघुकथा सम्बन्धी बहस कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको पहिलो सत्रमा नारी स्रष्टा समाज नेपालले सम्मान तथा पुरस्कार कार्यक्रम गरेको हो।