संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले थुप्रै देशहरूमा नयाँ भन्सार कर लगाउने निर्णय गर्नुभएको छ । त्यसैगरी, अमेरिकामा रोजगारीको सङ्ख्या अपेक्षा भन्दा कम देखिएपछि चिन्ता थपिएको छ ।
अन्तर्राष्ट्रिय साहित्य समाज युकेद्वारा प्रदान गरिने सुप्रमा–ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार–२०२५ का लागि १० पुस्तक छनोट गरिएको छ ।
आदिखोला–६, फापरथुममा आनन्दआश्रम ज्ञान केन्द्रको ३० औँ अध्याय एवं साहित्यिक तथा वैचारिक गोष्ठी शनिबार सम्पन्न भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वाम-लोकतान्त्रिक आन्दोलनका अग्रज र सहिदका सङ्कल्पलाई पूरा गर्न दृढताका साथ लाग्नुपर्ने बताउनुभएको छ।
गानाका राष्ट्रपति जोन ड्रमानी महामाले गाजामा जारी मानवीय संकटका पीडितहरूलाई सहयोग पुर्याउने उद्देश्यले ४० मेट्रिक टन राहत सामग्री हस्तान्तरण गर्नुभएको छ ।
नेपाल भाषा ‘का नु वने जिमिथाय मैचा’को गीत सार्वजनिक गरिएको छ ।
इलाम सदरमुकामदेखि झापाको विर्तामोड जोड्ने छोटो दुरीको केचना-कञ्चनजङ्गा (मेची करिडोर) सडकअन्तर्गत पुवा खोलामा बेलिब्रिज निर्माण भएको छ।
श्रीलंकाको सबरगमुवा प्रान्तस्थित डेहिओविटा क्षेत्रमा शनिबार बिहान भएको बस दुर्घटनामा ४० भन्दा बढी गार्मेन्ट कारखानाका कामदारहरू घाइते भएका छन् ।
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको छेउमै रहेको लुगुम गाउँ । बागलुङसँग सीमा जोडिएको पूर्वी रुकुमको भूमे गाउँपालिका–१ मा पर्ने यो गाउँले लोकमार्गमा यात्रा गर्ने यात्रुको ध्यान खिच्ने गरेको छ ।
फुटबल खेलको माध्यमबाट नेपाललाई विश्वभर चिनाउने नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ लाई हेटौँडामा सम्मान गरिएको छ ।
पलेशा गोबर्धनले १०औँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जि–४) मा कांस्य पदक जित्नुभएको छ ।
सिराहा प्रहरीले शनिबार प्रतिबन्धित लागुऔषध गाँजासहित नौ जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको औरही गाउँपालिका–४, कमलपुरबाट १०३ किलो गाँजासहित नौ जनालाई नियन्त्रणमा लिएको हो ।
यस वर्ष वर्षा कम भएसँगै सिँचाइको अभावका कारण खेतमा धानभन्दा झार फस्टाएकाले किसानले धान गोड्मेलमा सास्ती भोग्नुपरेको छ ।
यहाँको धनगढी उपमहानगरपालिका–७, देवरीयाका पाँच जनाको महिला समूहले दुना–टपरी बनाएर आत्मनिर्भर बनेका छन् । स्थानीय सीता चौधरी, कमला चौधरी, भुलिया चौधरी, विनिता रेग्मी र सविता चौधरीले दुई वर्षदेखि देवरियामा ‘जाखौरबाबा महिला विकास दुना टपरी उद्योग’ सञ्चालन गर्दैआएका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार मिडिया क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ ।