• १७ साउन २०८२, शनिबार

आनन्द आश्रमको वैचारिक गोष्ठी सम्पन्न

blog

अर्जुन काफ्ले 

स्याङ्जा, साउन १७ गते । आदिखोला–६ फापरथुममा आनन्दआश्रम ज्ञान केन्द्रको ३० औँ अध्याय एवं साहित्यिक तथा वैचारिक गोष्ठी शनिबार सम्पन्न भएको छ ।  

गोष्ठीमा फेदीखोला साहित्य प्रतिष्ठानका अध्यक्ष हिमालयजङ्ग बानियाले साहित्यले मानवलाई सुसंस्कृत र सभ्य बनाउने बताउनुभयो । आनन्दआश्रमको अभियानले ग्रामीण समाजलाई निकै उन्नत बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बानियाले बताउनुभयो । 

गोष्ठीमा साहित्यकार दिवाकर सुवेदी, शिखा सुनार, सबिन जिटी, सूर्य जिटी र विनिता जिटीले कविता र कथा सुनाउनुभएको थियो । यस्तै, टिकाराम ढकाल वनपाले, संरक्षक त्रिलोचन ढकाल, डाक्टर ऋषिराम ढकाल र रिदम ढकालले आनन्दआश्रमका गतिविधि र भाबी योजना सम्बन्धमा प्रकाश पार्नुभएको थियो ।