जल तथा मौसम विज्ञान विभागका अनुसार गाईघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनाले सावधानी अपनाउनसमेत विभागले आग्रह गरेको छ ।
सुदूरपश्चिम प्रदेशको बझाङमा निर्माण हुने २१६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती जलविद्युत् आयोजना निर्माणका लागि कुमारी बैङ्कको नेतृत्वमा ऋण लगानी हुने गरी वित्तीय व्यवस्थापन सम्झौता भएको छ ।
देशका विभिन्न स्थानमा भइरहेको वर्षाका कारण जलसतह बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले कम्पनीको सेयर अभौतिकीकरणमा दोहोरो आइजिन नम्बर राख्ने व्यवस्था हटाउनका लागि चार वटा निकायको ध्यानाकर्षण गराएको छ ।
वालिङका एक व्यवसायीले बैङ्कको ऋण तिरिसक्दा पनि कालो सूचीमा राखिरहेको पाइएको छ । नेपाल इन्भेस्टमेन्ट मेघा बैङ्कको स्याङ्जाको वालिङ शाखाबाट आफ्नो सम्पूर्ण कर्जा चुक्ता गरेका एक व्यवसायीको नाम कालो सूचीमा परेको छ ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ ७७ पैसा र बिक्रीदर १४० रुपियाँ ३७ पैसा निर्धारण गरिएको छ ।
देशकै ठुलो महानगर पोखरासँग अहिले ल्यान्डफिल साइट छैन । दैनिक दुई सय टन हाराहारी फोहोर निस्कने महानगरका लागि फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै आएको छ । अस्थायी ल्यान्डफिलआसपासका स्थानीयको अवरोधले फोहोरका गाडी बारम्बार रोकिन्छन् भने स्थायी ल्यान्डफिलका लागि जग्गाकै टुङ्गो छैन । यही समस्या कम गर्न र आयआर्जन गर्न सिकाउन पोखरामा आयोजित मेला शनिबार सकिएको छ ।
कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको परीक्षामा उत्तीर्ण भएका विद्यार्थीलाई पढाउन केही निजी विद्यालयले आनाकानी गरेका छन् ।
रुससँगको वाक्युद्धपछि अमेरिकाले दुई वटा परमाणु पनडुब्बी तैनाथ गरेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका पूर्वराष्ट्रपति दिमित्री मेडभेडेवले उक्साउने खालका अभिव्यक्ति दिएको भन्दै दुई वटा परमाणु पनडुब्बी ‘सही स्थान’ मा तैनाथ गर्न आदेश दिनुभएको अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको छ ।
न्यून चापीय रेखा उत्तरतर्फ भएकाले फेरि केही दिन वर्षाको गतिविधि बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज पनि देशभर बदली भई ठाउँ ठाउँमा वर्षा भएको छ । यो क्रम आइतबारदेखि झन् बढ्ने विभागको भनाइ छ ।
गोसाइँकुण्ड गाउँपालिका –२ टिमुरे निवासी ६७ वर्षीय लेम्बा तामाङमा आकस्मिक स्वास्थ्य समस्या देखिएपछि हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौंस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारका लागि लगिएको छ ।
बर्दिबासमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बर्दिबास-१० स्थित पूर्वपश्चिम लोकमार्गको वनपथ चौकमा शनिबार स्कुटरलाई ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो।
सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रले साहित्य, स्वास्थ्य, समाजसेवालगायत विभिन्न क्षेत्रमा योगदान दिनुभएका व्यक्तित्वलाई सम्मान, पुरस्कार प्रदान गरेको छ।
पूर्व राष्ट्रपति रामवरण यादवले राजनीतिक आदर्श अहिलेको शिक्षामा अपरिहार्य भएको बताउनुभएको छ।
गायक राज सिग्देलको स्वर रहेको तिम्रो मेरो बोलको गीतको भिडियो सार्वजनिक भएको छ।