सङ्घीयताले कार्यान्वायन हुने क्रममा जन्मिएको नयाँ जिल्ला रुकुमपूर्व हो । २०७२ असोज ३ गते जारी भएको नयाँ संविधानले साबिक रुकुम जिल्लालाई रुकुमपूर्व र रुकुमपश्चिम बनायो । सो घटनापछि जिल्लाभित्रै कतिले उत्सव मनाए भने कतिले आन्दोलनसमेत गरे ।
लुम्बिनी प्रदेशभित्र रहेका जिल्ला अस्पतालमध्ये मूल्याङ्कनमा सधैँ जसो प्रथम भइरहने बर्दिया अस्पतालमा बिरामीको चाप बढेसँगै भवनको अभावमा उपचारमा समेत समस्या देखिएको छ ।
विसं २०७७ मङ्सिर १५ गते तामझामका साथ १५ शय्याका अस्पताल शिलान्यास भएको पाँच वर्ष पुग्न लाग्दा पनि अधिकांशका निर्माण अधुरै रहेका छन् ।
कोहलपुर नगरपालिका भित्र सञ्चालित ४९ वटा संस्थागत विद्यालयहरुले पाँच हजारभन्दा बढी विद्यार्थीहरुलाई छात्रवृति वितरण गरेका छन् ।
न्यून आयस्रोत भएका लक्षित वर्गका लागि जनता आवास कार्यक्रमबाट घर निर्माण गरिएका भए पनि प्रयोगमा आउन सकेका छैनन् । जिल्लाका चार वटा स्थानमा यस्ता सरकारी लगानीका घर निर्माण गरिएका भए पनि ती घर सेवाग्राहीले प्रयोगमा ल्याउन भने नचाहेका हुन् ।
टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कमा रहेको पाँचधारे बजार पहिरोको जोखिममा परेको छ । बस्तीमाथिको डाँडामा जमिन चर्किएर पहिरो जाने अवस्था बनेपछि बजार जोखिममा परेको हो ।
कर्णाली प्रदेशमा एक महिनाको अवधिमा दुई लाखभन्दा बढी बिरुवा रोपिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी केन्द्र० को स्थायी समितिको बैठक आज पनि बस्दैछ ।
सिङ्चाङको पाखा कागतीको बोटले ढाकिएको छ । बोटमा लटरम्म कागती फलेको छ । वैदेशिक रोजगारीको सिलसिलामा लामो समय मलेसियामा बिताउनुभएका देवचुलीका दीपक चापागाईँ यतिबेला कागती टिपेर बजार पठाउन व्यस्त हुनुहुन्छ ।
चन्द्रपुर नगर उद्योग वाणिज्य संघको निर्वाचन साउन २१ गते बुधबारका दिन हुने भएको छ । शनिबार भएको संघको २८ औं वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनपछि आइतबार संघको आगामी नेतृत्वको उम्मेदवारी दर्तासहितको निर्वाचन कार्यतालिका निर्वाचन समितिले सार्वजनिक गरेको छ ।
वीरेन्द्रनगर नगरपालिका–७ का महावीर विकलाई यतिबेला भ्याइनभ्याइ छ । पहिला मिस्त्री काम गरेर घरधन्दा चलाउने गर्नुभएका उहाँ उक्त काम छोडेर फोहोरबाट मोहर बनाउन होमिनुभएको छ । वीरेन्द्रनगर बजारमा फालिएका प्लास्टिक बटुलेर बेच्न थालेपछि दिनकै आठ सय रुपियाँभन्दा बढी उहाँले आम्दानी गर्ने गर्नुभएको छ ।
अविरल वर्षासँगै झापाका विभिन्न स्थानमा बाढीको जोखिममा परेका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्ला २४ घण्टामा अनारमनी, चन्द्रगढी र केचनालगायत स्थानमा एक सय २९ मिलीमिटरसम्म वर्षा मापन गरिएको छ ।
म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा करिब नौ सय घरपरिवारमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका विभिन्न ठाउँमा आठ सय ७४ उपभोक्ता थपिएका जनाएको छ ।
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–६, लैनचौरका २८ वर्षीय सुरेन्द्रबहादुर शाही विसं २०७९ असोजमा मलेसिया जानुभयो । चार वर्षको छोरा, छ वर्ष र आठ वर्षकी दुई छोरी र श्रीमतीलाई छोडेर मलेसिया जानुभएका शाहीकी श्रीमती डल्ली शाहीले एक वर्ष नपुग्दै छोराछोरी छोडेर गाउँकै अर्को पुरुषसँग विवाह गर्नुभयो ।
बाजुराको बुढीनन्दा नगरपालिका–९ को डप्कमा रहेको सिद्धेश्वरी अनाथ विपन्न तथा जनजाति आवासीय आधारभूत विद्यालयमा अहिले तीन करोड रुपियाँभन्दा बढी लागतका सुविधायुक्त छात्रावास निर्माणको काम तीव्र रूपमा अघि बढेको छ ।