बीस हजार घुस लिई भष्टाचार गरेको आरोपमा खरिदारसहित चार जना विरुद्ध मुद्दा दायर भएको छ ।
लामो प्रतीक्षापश्चात् पर्याप्त वर्षा हुँदा सर्लाहीका किसानलाई तत्कालका लागि राहत मिलेको छ ।
सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल बाजुराको बडीमालिकामा पूजाका लागि धनगढी उपमहानगरपालिकाको सरकारी टोली आज त्यसतर्फ प्रस्थान गरेको छ।
काभ्रेपलाञ्चोक जिल्लामा एक वर्षको अवधिमा बागमती प्रदेश सरकारको लगानीमा करिब ६७ किलोमिटर सडकको काम भएको छ ।
चाडपर्व र आफ्नै सांस्कृतिक परम्पराको धनी मधेशको प्राचीन मिथिला क्षेत्र अहिले झुलनोत्सवको रौनकमा छ । मिथिला क्षेत्रका मठमन्दिरमा यतिखेर भक्तिमय झुला, मलार र कजरी गीत गुञ्जँदा छन् ।
बाँकेको कोहलपुर-११, साझा चोकस्थित सहकारी संस्था लिमिटेड (साझा)ले साउन १६ गते एक सूचना जारी गर्दै साउन १८ गते प्रतिव्यक्ति २० केजीका दरले रासायनिक मल वितरण गर्ने भनी सहकारीमा आवद्ध कृषक शेयर सदस्यहरुका लागि परिचयपत्र र लालपुर्जाको फोटोकपी लिएर आउन सूचित गरायो ।
बागलुङको पुरानो बलेवा विमानस्थल विगत ३४ वर्षदेखि पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन ।
सीमान्तकृत समुदायको प्रतिनिधित्व संविधानले सुनिश्चित गरे पनि स्थानीय तहको नीतिमा सीमान्तकृत समुदायको प्रतिनिधित्वविहिनता अझै देखिएकोले उनीहरूको प्रतिनिधित्व बढाउन माग गरिएको छ ।
म्यान्माको सेनाप्रति बफादार (जुन्टा) सरकारले विद्रोहीको कब्जामा रहेको रुबी खानी क्षेत्रमा शनिबार गरेको हवाई आक्रमणमा परी १३ जनाको मृत्यु भएको एक स्थानीय बासिन्दा तथा सशस्त्र विपक्षी समूहका प्रवक्ताले बताएका छन् ।
नारायणघाट–बुटवल सडक विस्तारका लागि सरकारले चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन प्रालिको म्याद चौथो पटक थप गरेको छ ।
उत्तरी गोरखाको छेकम्पार–चौरीखर्क–चुम उपत्यका हुँदै मनास्लु संरक्षण पुग्ने पर्यटन पदमार्ग निर्माण सम्पन्न भएको छ ।
नेवाः तजिलजी पुच व्यास नगर समितिले नयाँ पुस्तालाई नेवार संस्कृतिका विविध पक्षबारे साक्षात्कार गराएको छ । नेवार संस्कृतिको संरक्षण र प्रवर्धनका लागि समितिले नयाँ पुस्तालाई नेवार समुदायसँग सम्बन्धित विभिन्न संस्कृतिबारे जानकार गराएको हो ।
गत चैतको १३ गते तातो घाम तातिँदै गएको थियो । सुनसरीको इटहरीको मुख्य चोक सेन्टर प्लाजामा एकाएक बिहान करिब १० बजेदेखि आगो सल्किन थाल्यो ।
जिल्लाको चन्दननाथ नगरपालिका-४ मा रहेको धिमीचौर पछिल्लो समयमा आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा विकासित हुँदै गएको छ । पर्यटकीय सम्भावना बोकेको धिमीचौर आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै गएको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौँ उपत्यका सङ्घीय राजधानी एवं सांस्कृतिक विविधता र सम्पन्नतायुक्त क्षेत्र भएकाले यहाँको यातायात व्यवस्थापनलाई सहज र सुविधायुक्त बनाउनुपर्नेमा जोड दिनुभएको छ ।