सङ्खुवासभाको खाँदवारी नगरपालिका –१, स्थित त्रिरत्न बुद्ध विहारमा आइतबार बिहान तोडफोड र चोरीको घटना भएको छ। अज्ञात समूहले विहारको गेटको रड काटी ढोका फोडेर भित्र प्रवेश गरी दानपेटिकामा रहेको रकम चोरी गरेको प्रहरीले जनाएको छ।
कोशी प्रदेशमा ३४ प्रतिशत जनतालाई सुरक्षित खानेपानीको व्यवस्था गरिएको छ ।
फुङलिङ बजारका सुँगुरपालक कृषकले सुँगुरको खोर नहटाउने बताएका छन् । आइतबार सदरमुकाममा पत्रकार सम्मेलनको आयोजना गर्दै सुँगुरको खोर नहटाउने उहाँहरुले अडान सुनाउनुभएको हो ।
लामो समयको खडेरीले सुक्खा भएको खेतमा हिल्याउन पुग्ने वर्षा भएपछि किसान धान रोपाइँमा जुटेका हुन्। पछिल्लो शुक्रबारदेखि दिनहुँ प्रदेशका सबैजसो स्थानमा वर्षा भइरहेको छ।
नेपालका प्रशान्त राईले एसियन कुराश च्याम्पियनसिप–२०२५ मा कांस्य पदक जित्नुभएको छ ।
सरकारले उखुमा दिँदै आएको अनुदान कटौती गरेको विरुद्धमा यहाँका कृषकहरुले प्रशासन कार्यालयमार्फत आइतवार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
अनुदान रकमलाई निरन्तरता दिन माग गर्दै उखु किसानले पुनः संघर्ष गर्ने भएका छन् । सरकारले यो वर्षदेखि उखुको अनुदान रकमका लागि बजेट विनियोजन नगरेपछि किसानहरु संघर्षमा जाने बताएका हुन् ।
एथलेटिक्स परिवार, नेपालको चौथो वार्षिक साधारण सभा आइतबार काठमाडौँमा सम्पन्न भएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारमा निर्माणाधीन राष्ट्रिय गौरवको परियोजना ।
मिथिला क्षेत्रको महत्वपूर्ण लोकपर्वमध्ये एक झुला महोत्सव हो । नवविवाहिता जोडिले मनाउने मधुश्रावनी पर्व सकिएलगत्तै झुला महोत्सव सुरु हुन्छ ।
एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स ट्रफीका लागि नेपाली यु–२० महिला रग्बी टोली घोषणा गरेको छ ।
साउदी अरबमा लागु औषधसम्बन्धी अभियोगमा मृत्युदण्डको सजायको प्रयोगमा वृद्धि भइरहेका बेला साउदी अरबले एकै दिन आठ जनालाई मृत्युदण्ड दिएको साउदी अरबका सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
दलित युवा सञ्जाल बागलुङको अध्यक्ष राहुल बोहरा सर्वसम्मत रूपमा चयन हुनुभएको छ । शनिबार अबेर सम्पन्न दोस्रो जिल्ला अधिवेशनबाट बोहरासहितका पदाधिकारी र सदस्यहरु सर्वसम्मत चयन भएका हुन् ।
नेपालका रविन्द्र ढाँटले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन) बान्टमवेट च्याम्पियनसिपको उपाधि जित्नुभएको छ ।
रक्त सञ्चार केन्द्रबाट घोराही उपमहानगरपालिका निवासी चार सय ८१ जनाले निःशुल्क रगत प्राप्त गरेका छन् । आर्थिक वर्ष २०८१–८२ मा चार सय ८१ जना घोराही नगरवासीले एक हजार एकसय १५ पिन्ट रगत निःशुल्क प्राप्त गरेका हुन् ।