जनता समाजवादी पार्टी नेपाल सप्तरीको निर्वाचन स्थगित भएको छ । आइतबार बिहान हुने भनेको मतदान जिल्ला निर्वाचन समितिले सूचना निकालेर स्थगित गरेको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले आफ्नो पदबबाट राजीनामा दिनुभएको छ। मुख्यमन्त्री लामाले आइतबार हेटौँडामा पत्रकार सम्मेलन गरेर पदबाट राजीनामा दिनुभएको हो।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्व. पृथ्वीमान गुरुङले पार्टीमा त्याग, समर्पण र बलिदानी दिएको बताउनुभएको छ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालले जलवायु परिवर्तनले पारिरहेको असर सम्बन्धमा विश्वको ध्यानाकर्षण गर्ने धेयले आगामी भदौ २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागिएको बताउनुभएको छ।
ताप्लेजुङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेडवृद्धि परीक्षाका लागि पाँच वटा केन्द्र निर्धारण गरिएको छ । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार आउँदो साउन २९ गतेदेखि सञ्चालन हुने एसइई ग्रेडवृद्धिका लागि पाँचवटा केन्द्र निर्धारण गरिएको हो ।
युनाइट नेपाल ब्लिट्ज चेस प्रतियोगिताको उपाधि पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपालीले जित्नुभएको छ ।
न्युजिल्यान्डकी एक महिलालाई सुटकेसभित्र बच्चा राखेर बसमा यात्रा गरिरहेको अवस्थामा आइतबार पक्राउ गरिएको छ ।
थारू आयोगको सदस्य शान्ति मोदी थारूले कार्यबाहक अध्यक्ष सुबोधसिंह थारूलाई कार्यकक्षमै आधा घण्टा थुन्नुभएको छ । बिदा मिलान तथा हाजिरी गर्ने विषयमा विवाद भएपछि कार्यकक्षमा ताला लगाएको सदस्य मोदीले बताउनुभयो ।
सर्लाहीको बागमती नगरपालिका–१२, कर्मैयामा किसानले लगाएको धानखेतको फाँट । बागमती सिँचाइको सुविधा पुगेकाले यहाँका किसानले समयमै धान रोप्न पाएका थिए ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले बहुविवाहलाई छुट दिने कानुन बनाइँदै भन्ने कुरा भ्रममात्र नभएको बताउनुभयो।
मच्छिन्द्र र जावलाखेल युथ क्लबले एन्फा यु–१६ युथ लिगमा जित निकालेका छन् ।
पृथ्वीराजमार्गको मुग्लिन–पोखरा खण्डमा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन्। आइतबार दिउँसो ४ः२० बजे गोरखाबाट चितवनको नारायणगढ जाँदै गरेको बा २ ख १०७७ नम्बरको बस तनहुँको आंबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा दुर्घटना भएको हो।
थाइल्याण्डको पटायामा हालै सम्पन्न भएको १२औँ विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड ईन्क्लाईन बेन्च प्रेस च्याम्पियनसिपमा बिश्व किर्तिमान बनाउने स्वर्ण पदक विजेता बाँकेका खेलाडीलाई बाँके जिल्ला स्ट्रेन्थ लिफ्टिङ्ग सङ्घले सम्मान गरेको छ ।
गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी निर्मला पन्त बलात्कारपछि हत्या भएको प्रकरण नयाँ शिराबाट गम्भीर अनुसन्धान थाल्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई निर्देशन दिनुभएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामीलाई रोट्रयाक वर्ष खेलाडीको रूपमा सम्मान गरिएको छ ।