काठमाडौँ, साउन १८ गते । मच्छिन्द्र र जावलाखेल युथ क्लबले एन्फा यु–१६ युथ लिगमा जित निकालेका छन् ।
एन्फा मैदान सातदोवाटोमा आइतबार भएको खेलमा मच्छिन्द्रले हिमालयन शेर्पा क्लबलाई ३–२ गोलले हरायो । मच्छिन्द्रको जितमा करण धामी, साइप्रस डंगोल गोविन्द विकले गोल गर्नुभयो ।
हिमालयन शेर्पाका लागि जिनिल सुब्बा र युगेन खत्रीले गोल गर्नुभयो । जितसँगै मच्छिन्द्रले १० खेलबाट २३ अङ्क बनाएको छ । पराजित हिमालयन शेर्पाको समान खेलबाट १४ अङ्क छ ।
यस्तै अर्को खेलमा जावलाखेल युथ क्लबले सातदोबाटो युथ क्लबमाथि ७–० गोलको फराकिलो जित निकाल्यो । एकपक्षीय खेलमा जावलाखेललाई जित दिलाउन पुजन सुनारले दुई तथा समीर लोप्चन, प्रिन्स भुजेल, विशाल शाही, सुमित वाइबा विविधराज राईले एक एक गोल गर्नुभयो ।
जितसँगै जावलाखेलले १० खेलबाट १३ अङ्क बनाएको छ । पराजित सातदोवाटोको समान खेलबाट अङ्कबिहीनछ ।