• १८ साउन २०८२, आइतबार

एसइई ग्रेडवृद्धिका लागि पाँच केन्द्र निर्धारण

blog

शिक्षा विकास तथा समन्वय एकाइ ताप्लेजुङ । तस्बिर : चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन १८ गते । ताप्लेजुङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेडवृद्धि परीक्षाका लागि पाँच वटा केन्द्र निर्धारण गरिएको छ । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार आउँदो साउन २९ गतेदेखि सञ्चालन हुने एसइई ग्रेडवृद्धिका लागि पाँच वटा केन्द्र निर्धारण गरिएको हो ।

शिक्षा विकास तथा समन्यव एकाइ ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुसार फुङ्लिङ नगरपालिकास्थित भानुजन माध्यमिक विद्यालय र बाल सुबोधिनी संस्कृत माध्यमिक विद्यालयमा परीक्षा परीक्षा केन्द्र निर्धारण गरिएको छ । यस्तै मेरिङ्देन गाउँपालिकाको त्रिभुवन माध्यमिक विद्यालय थुकिमा, सिरिजङ्घा गाउँपालिकाको सिनाम माध्यमिक विद्यालय सिनाममा परीक्षा केन्द्र निर्धारण गरिएको एकाइ प्रमुख भट्टराईले जानकारी दिनुभयो ।

त्यस्तै आठराई त्रिवेणी गाउँपालिकास्थित सरस्वती नमूना माध्यमिक विद्यालय हाङ्पाङमा पनि एसइई ग्रेडवृद्धिका लागि परीक्षा केन्द्र निर्धारण गरिएको एकाइ प्रमुख भट्टराईले जानकारी दिनुभयो । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार ग्रेडवृद्धि परीक्षामा साधारण नियमिततर्फ ७६९ र प्राविधिक धारतर्फ ३१ गरी कुल आठ सय जना परीक्षार्थीले सहभागिता जनाउने छन् ।